Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

स्व. विजय प्रकाश विनकाे श्रद्धाञ्जली सभा सम्पन्न

spot_img
spot_img

वीरगंज । भाेजपुरीका वरिष्ठ पत्रकार एवं कवि  स्व. विजय प्रकाश विनकाे श्रद्धाञ्जली सभा आज सम्पन्न भएकाे छ । वीरगंज मुर्ली स्थित रहेकाे नेपाल पत्रकार महासंघ पर्साकाे भवनमा भएकाे श्रद्धाञ्जली सभामा वाेल्ने वक्ताहरुले उनकाे याेगदानकाे चर्चा गर्दै श्रद्धाञ्जली अपर्ण गरेका थिए ।

१२ औं दिनकाे पुण्य तिथीमा भएकाे श्रद्धाञ्जली सभामा वाेल्दै नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चाैहानले स्व. विनले भाेजपुरी भाषाकाे लागि पुर्‍याएकाे याेगदानकाे समाजमा चिनाउन जरुरी रहेकाे वताए ।

उनले नेपाल सरकारले ल्याउन लागेकाे संचार विध्येककाे विराेध गर्न जरुरी रहेकाे धारणा राखे । सरकारले ल्याउन लागेकाे विध्येकले नागरिक स्वतन्त्रतालाई पनि कुण्ठित गर्ने उनकाे भनाई थियाे । सरकारले पत्रकारलाई त्रासकाे बातावरण सृजना गर्नकाे लागि त्यस्ताे विध्येक ल्याउन थालेकाे वताए । समाजिक संजाल समेत दर्ता गराउनु पर्ने उलेख रहेकाे विध्येकले ल्याएर सरकार नागरिककाे स्वतन्त्र अभिव्यक्तिलाई समेत दबाउन खाेजेकाे धारणा राखे ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले स्व. विनकाे स्मृतिमा प्रत्येक बर्ष पुस ११ गते श्रद्धाञ्जली सभा गरिने वताए । यसका साथै भाेजपुरी पत्रकार प्रतिष्ठान गठन गरि प्रत्येक बर्ष भाेजपुरी भाषामा कलम चलाउने एक जना पत्रकारलाई रु ११ हजार नगद सहित पुरस्कारकाे घाेषणा समेत गरे ।

उनले भाेजपुरी मै वाेल्दै भाेजपुरी भाषाकाे संरक्षमा हामी कही ना कही चुकेकाे वताउदै स्व. विनकाे कृति प्रकाशनकाे सम्पूर्ण प्रबन्ध गर्ने प्रतिवद्धता जनाए ।

पत्रकार रितेश त्रिपाठीले पत्रकारिता र साहित्य जगतमा कलम चलाउनेकाे कदर गर्न जरुरी रहेकाे वताए । पत्रकार सुदर्शनराज पाण्डेले स्व. विन सबैकाे हित गर्ने  र भाेजपुरी भाषाकाे लागि मर्ने मान्छे भएकाे वताए ।

स्व. विन्दु पाण्डे समृति प्रतिष्ठानका अध्यक्ष तुलसी भण्डारीकाे अध्यक्षतामा भएकाे श्रद्धाञ्जली सभामा नेपाल भाेजपुरी समाजका सचिव रितुराज पटेल, भाेजपरी टाइम्स दैनिकका प्रकाशक अजय चाैरसिया, स्व. विनका छाेरा विकास विन, यज्ञ प्रकाश विन, युवा नेता राकेश यादव, आपन वीरगंजका अशाेक कुशवाहा, गायक अजमत अली लगायतकाले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

वीरगंज महानगरपालिकाकाे वडा नं. १६ निवासी स्व. विन भाेजपुरी टाइम्स दैनिक पत्रिकाका सलाहकार समेत थिए ।

स्व. विन्दु पाण्डे समृति प्रतिष्ठान, भाेजपुरी टाईम्स दैनिक, नेपाल भाेजपुरी समाज, सजक, कल्युग सन्देश दैनिककाे संयुक्त आयाेजनामा श्रद्धाञ्जली सभा भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...