Date
शनि, भदौ २०, २०८३
Sat, September 5, 2026

ठोरीमा हात्ती तथा जिप सफारी सुरु हुदै

spot_img
spot_img

वीरगंज । पर्साकाे ठाेरीमा पनि हात्ती तथा जिप सफारी सुरु हुने भएकाे छ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी ठोरीमा हात्ती तथा जिप सफारी सुरु गर्न लागिएकाे हाे ।

पर्सा र चितवन राष्ट्रिय निकुन्जसँग जोडिएको ठोरी गाउँपालिकाले सफारी सुरु गर्नकाे लागि सुर्वणपुरमा पुस २५ देखि २९ गतेसम्म पहिलो हात्ती तथा जिप सफारी महोत्सवकाे आयाेजना गरेकाे छ ।

गाउँपालिकाले वीरगंजमा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा हात्ती तथा जिप सफारी सुरु गर्नकाे लागि महोत्सव आयाेजना गर्न लागिएकाे गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले जानकारी गराए ।

‘प्राकृतिक सम्पदाले भरिपूर्ण ठोरी गाउँपालिकामा थुप्रै पर्यटकीयस्थल छन्’, उनले भने, ‘यो हात्ती र जिप सफारी महोत्सवको माध्यमबाट प्रचार प्रसार गरेर पर्यटकलाई आकर्षित गर्ने योजनामा छौँ ।’

ठोरी ५ सुर्वणपुरस्थित गडुवालाइनमा आयोजाना हुने महोत्सवको उद्घाटन संघीय सरकारका वनमन्त्री शक्तिबहादुर बस्नेतले गर्ने उनले जानकारी गराए । सफारीमा निकुन्जमा दुलर्भ पाटेबाघ, हात्ती, गैंडाका साथै चित्तल, निलगाइ, हरिण, मृग, बँदेल, चराचुरुङगी लगायतका जीवजनावर रहेकाले सफारीका क्रममा पर्यटकले वन्यजन्तु देख्न पाउने उनकाे भनाई थियाे ।

हात्ती र जिप सफारीका लागि नेपालीलाई ६ सय र विदेशीलाई ११ सय रुपैयाँ शुल्क निर्धारण भएको उनले बताए । ५ दिने हात्ती र जिप सफारी महोत्सवमा प्रत्येक दिन राष्ट्रिय र स्थानीय कलाकरको सहभागीतामा सांस्कृतिक कार्यक्रम, नेपाल र भारतका नाम चलेका कुस्ती खेलाडीकाे समेत सहभागिता रहनेछ ।

महोत्सव आयोजनामा कुल २० लाख २० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। जस मध्ये गाउँपालिकाले महोत्सवका लागि १२ लाख रुपैयाँ छुट्याएको छ। अरु वाकी रकम अन्य शिर्षकबाट गाउँपालिकाले लगाउने याेजना रहेकाे छ ।

नेपाल पत्रकार महासंघ पर्साकाे भवनमा बुधबार भएको पत्रकार सम्मेलनमा ठोरी ५ सुवर्णपुरका वडाध्यक्ष रामबहादुर पाख्रिन,  सुनाखरी मध्यवर्ती सामुदायिक वनका उपभोक्ता समिति सुवर्णपुरका अध्यक्ष देवीप्रसाद दाहाल, पन्चमुखी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र साहको पनि उपस्थिति रहेकाे थियो। पत्रकार सम्मेलनकाे संचालन महाेत्सव प्रचार प्रसार समितिका माधव तिमिल्सिनाले गरेका थिए ।

“सुशासनयुक्त सक्षम एंव सबल स्थानिय सरकार” “पुर्वाधार निर्माण, कृषी, पर्यटन र सशक्त्तिकरण ठाेरीकाे प्रमुख आधार” नाराकाे साथकाे भिजिट नेपाल २०२० काे अवसरमा हाती तथा जिप सफारी सुरु गर्न लागिएकाे हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यक : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहसहित सबै सरोकार भएका निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभएको...

स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु

नारायणगढ । चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जङ्गलस्थित पूर्व–पश्चिम राजमार्गमा स्कुटर र मिनी ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । गएराति टाँडीबाट भरतपुरतर्फ...

मानव–बाघ सहअस्तित्वका लागि बाघ–मित्र अभियान प्रभावकारी

जनकपुरधाम । पर्सा राष्ट्रिय निकुञ्जमा मानव–बाघ सहअस्तित्व प्रवद्र्धनका लागि सञ्चालन गरिएको ‘बाघ–मित्र अभियान’ प्रभावकारी बन्दै गएको  छ । अभियानको प्रभावकारिता, उपलब्धि, चुनौती तथा आगामी...