Date
आइत, साउन १०, २०८३
Sun, July 26, 2026

तराई मधेशकाे पर्यटन प्रवर्द्धनकाे लागि वीरगंजबाट भिजिट मधेश २०२० काे उदघाेष

spot_img
spot_img

वीरगंज । तराई मधेशमा पर्यटन प्रवर्द्धन सम्बन्धि अन्तरक्रिया एवं भिजिट मधेश २०२० उदघाेष कार्यक्रम आज वीरगंजमा सम्पन्न भएकाे छ ।

कार्यक्रमका प्रमुख अतिथी प्रदेश २ का उद्याेग, पर्यटन, वन तथा वातावरण राज्य मन्त्री सुरेश कुमार मण्डलले भिजिट नेपाल तराई मधेशकाे भिजिट बेगर अधुराे रहने वताएका छन् । उनले काठमाण्डाे, पाेखरा लगायतकाे ठाउँले भिजिट नेपाल २०२० नहुने तराई मधेशलाई पनि छुवाेस भने आफुहरुले चाहेकाे वताए ।

पर्यटनलाई आफुहरुले समृद्धकाे रुपमा मानिसकेकाे वताउदै उनले समृद्धि जब आउन्छ तब पर्यटनलाई उधाेगी र व्यासायी बनाउनु पर्ने धारणा राखे । मधेश आएका पर्यटकलाई कसरी हामी बढी भन्दा बढी राख्न सकिन्छ त्यस विषयमा साेच्नु पर्ने जरुरी रहेकाे वताए ।

प्रचार प्रचार बेगर तराई मधेशकाे पर्यटकीय क्षेत्रहरु ओलझेलमा परेकाे वताए । पर्यटकिय क्षेत्रकाे प्रचार प्रसार गरी बिदेशबाट पाउने पर्यटकहरुकाे सेडुलमा तराई मधेशकाे ठाउँहरु पनि पराेस भने खालकाे हुनु पर्ने धारणा राखे ।

प्रर्यटन बर्ष चलिरहदा भिजिट नेपाल कै बेला संघ सरकारले भारतिय गाडीलाई नियन्त्रणकाे साेच जुन बनाएकाे छ जसले तराई मधेशकाे पर्यटकलाई राेक्ने एउटा अवराेधक भएकाे वताए । त्यसले भिजिट नेपालमा ठूलाे अवसर पर्ने वताए । ४० प्रतिशत भन्दा बढी पर्यटक भारतबाट आउने भएकाेले त्यलाई राेकन खाेजे पर्यटन प्रबर्धनमा ठुलाे धाका पुग्ने वताए ।

भिजिट मधेशका राष्ट्रिय संयोजक ओमप्रकाश सर्राफले अवधारणा पत्र प्रस्तुत गर्दै ३ तहकै सरकारको सहकार्य तथा होटेल तथा पर्यटन व्यवासयि संघ, स्थानिय प्रशासन, पत्रकार तथा सञ्चारकर्मी, राजनितिक दलका प्रतिनिधि, स्थानिय लगायत सबैले आ आफ्नाे क्षेत्रबाट हातेमालो गर्नुपर्ने आवश्यक्ता औल्याए ।

भिजिट मधेश पर्साका संयोजक किसन सर्राफको सभापतित्वमा भएको कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगी, पोखरीया नगरपालिकाकी उपप्रमुख सलमा खातुन, वीरगञ्ज उद्योग बाणिज्य संघका बरिष्ट उपाध्यक्ष सुवोध कुमार गुप्ता, भिजिट मधेशका ग्लोबल कोर्डिेनेटर प्रमोद राज सर्राफ, भिजिट मधेशका संस्कृति राजदुत गायत रविराज शाह, होटेल तथा पर्यटन व्यवासायि संघ प्रदेश न. २ का सचिब तवरेज आलम, पर्साका अध्यक्ष हरी पन्त लगायले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

गलाेबल विजनेश कलेजकाे सभा हलमा भएकाे कार्यक्रममा भिजिट मधेशका केन्द्रिय सदस्य एवम् सामाजिक अभियान्ता प्रकाश थारुले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमका सहभागिहरुलाई तराई मधेशकाे पर्यटन पर्वधनकाे लागि भिजिट मधेशले संचालनमा ल्याएकाे वेभसाइट बारे  भिजिट मधेश वीरगंजका कार्यालय प्रमुख दिपु वर्णवाल र ज्याेति साहले जानकारी गराएका थिए ।

सो अवसरमा संस्कृति राजदुत रवीराज शाहले मधेशका सांस्कृतिक तथा प्राकृतिक सम्पदा तथा रिति रिवाज चाल चलनलाई समेटेको भिजिट मधेशकाे गीत समेत प्रस्तुत गरेका थिए । वीरगंजमा कार्यक्रम सम्पन्न भएसँगै पौष २५ गते बाराको कलैयामा, रौतहटमा गरी तराई, मधेशका २२ वटै जिल्लामा कार्यक्रम सञ्चालन गर्ने राष्ट्रिय संयोजक सर्राफले बताए ।

भिजिट मधेशको आयोजना तथा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश न.२, वीरगञ्ज महानगरपालिका, पोखरीया नगरपालिका र ठोरी गाउँपालिकाको सहकार्यमा कार्यक्रम भएकाे थियाे ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

प्रहरी निरीक्षक जटाशंकर यादव ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

वीरगंज । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले २०८३ साल असार महिनाका लागि प्रहरी निरीक्षक जटाशंकर यादवलाई ‘उत्कृष्ट प्रहरी (Best Police of the Month)’ घोषणा गरेको...

आँपको बगैचामा लुकाएर राखिएको अवस्थामा छिपहरमाईबाट १४० किलो गाँजा बरामद

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरस्थित एक आँपको बगैचाबाट प्रहरीले १४० किलो लागूऔषध गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको...

रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको १०औँ पद हस्तान्तरण सम्पन्न, नयाँ नेतृत्वलाई जिम्मेवारी

वीरगञ्ज । रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको रोटरी वर्ष २०२६–२७ का लागि १०औँ पद हस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रम शनिबार वीरगंजमा सम्पन्न भएको छ। क्लबका...