Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

फुसको घरमा बस्ने ५ सय असहाय परिवारलाई छाना दिने : सांसद यादव

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नं. १ बाट निर्वाचित सांसद प्रदिप यादवले आफ्नो क्षेत्रभित्र फुसको घरपरिवारलाई छाना दिने निर्णय गरेका छन् ।

सघन शहरी तथा भवन निर्माण योजना अन्तर्गत सुरक्षित नागरिक आवास कार्यक्रमको आजको बैठकबाट क्षेत्र नं. १ भित्र पर्ने ५०० फुस (पराल) का घर परिवारहरुलाई छाना लगाउने निर्णय गरिएको छ ।

सुरक्षित नागरिक आवास कार्यक्रमका संयोजक समेत रहेका सांसद प्रदीप यादवले क्षेत्र नं. १ भित्र कुनै फुस घर भएका परिवार बिना छानाको नरहने प्रतिवद्धता सहित उक्त घरपरिवारलाई छाना दिने उदेश्यले पहिलो चरणको बैठकबाट ५०० घरपरिवारलाई छाना दिने निर्णय गरेका छन् ।

सुरक्षित नागरिक आवास कार्यक्रमको अन्तर्गत ५०० प्रत्येक परिवारलाई टहरा र छाना बनाउन रु.५०,००० (पचास हजार) किस्ता गरि पहिलो किस्ता मा रु.३०,००० र कार्य प्रगति हेरी दोस्रो किस्ता मा रु.२०,००० बैंक मार्फत भुक्तानी गरिने योजनाका ईन्जिनियर एंव समितिका सचिव एंव सदस्य धीरेंद्र यादवले जानकारी गराए ।

समाजवादी पार्टीका प्रभावशाली नेता समेत रहेका सांसद यादवले क्षेत्रका असहाय र गरिब परिवारले सुख, शान्तिपूर्व सहज रुपमा जीवन यापन गर्न सक्ने गरी पिडित र असहायले पनि व्यवस्थित र सुरक्षित घर पाउँन भने उदेश्यले घर जुटाई क्षेत्रको विकास र समृद्धि हुने कार्यमा अहोरात्र खटिरहेको बताए ।

जिल्ला समन्वय समिति पर्साको सभा हलमा सांसद यादवको अध्यक्षतामा बसेको समितिको बैठकमा जिल्ला समन्वय समितिका सभापति नेक महमद अंसारी, वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगी, सघन शहरी तथा भवन निर्माण योजनाका ईन्जिनियर एंव समितिका सचिव एंव सदस्य धीरेंद्र यादव लगायतको उपस्थित रहेको थियोे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...