27.5 C
Birgunj
5 April 2025
KALIKATIMES.COM

पकहाँ मैनपुरकाे १२ औं गाउँ सभा सम्पन्न, ३१ कराेड ५९ लाखकाे बजेट स्विकृत

वीरगंज । पर्साकाे पकहाँ मैनपुर गाउँपालिकाकाकाे १२ औं गाउँ सभा बिहिबार सम्पन्न भएकाे छ । गाउँपालिका अध्यक्ष सुरेश प्रसाद मेहताकाे अध्यक्षतामा भएकाे गाउँ सभाले रु ३१ कराेड ५९ लाख २९ हजार बराबरकाे बजेट सर्वसहमतले पारित गरेकाे छ ।

गाउँपालिकाकी उपाध्यक्ष सरफुल नेसाकाे तर्फबाट बजेट प्रस्तुत गर्दै प्रमुख प्रशासकिय अधिकृत देवनाथ साहले चालु आर्थिक बर्ष २०८१/०८२ काे समाजिक सुरक्षा भत्ता सहितकाे अनुमानित बजेट रु ३९ कराेड ३९ लाख गाउँ सभाले सर्वसहमत स्विकृत गरेकाे जानकारी दिए ।

उनले समाजिक सुरक्षा भत्ता बाहेककाे बजेट रु ३१ कराेड ५९ लाख २९ हजार रहेकाे वताए । साे मध्ये चालुगत खर्च, पुंजिगत खर्च र सर्शत अनुदान समेत रहेकाे उनले वताए । जस मध्ये श्री रामचरित्र भगत माद्यमिक विद्यालय पकहाँ मैनपुरकाे भवन निर्माणकाे लागि रु १ कराेड २० लाख बजेट छुट्याइएकाे छ भने साेही विद्यालयकाे भवन निर्माणकाे लागि संघिय सरकारबाट पनि रु एक कराेड २० लाख नै अनुदान प्राप्त हुने प्रमुख प्रशासकिय अधिकृत साहले जानकारी दिए । यसका साथै कृषि विधुतिकरणकाे लागि पनि एक कराेड बजेट छुट्याइएकाे छ । 

यसका साथै सम्पन्न गाउँ सभाले आर्थिक विधेयक २०८१ समेत पारित गर्नुकाे साथै प्रशासनिक कार्यविधि विधेयक २०८१ (प्रशासनिक ऐन) समेत स्विकृत गरेकाे छ । गाउँ सभाले न्यायिक समिति पुर्नगठन पनि गरेकाे छ । गाउँ सभाले उपभाेक्त समितिबाट गरिने विकास निर्माणकाे काममा १० प्रतिशतदेखि १२ प्रतिशत सम्म श्रम दान गर्नु पर्ने निर्णय समेत गरेकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

भ्रष्टाचार विरुद्ध र सुशासनकाे लागि वीरगंजमा युवा संघकाे विराेध र्‍याली

कालिका टाईम्स

अभिभावक संघकाे कार्यक्रममा ४ महिला सहित ७७ जानाद्वारा रक्तदान

कालिका टाईम्स

कालिकामाईकाे भेडिहारीमा गाउँपालिका अध्यक्ष गुप्ताद्वारा विद्यालय भवनको शिलान्यास

कालिका टाईम्स
SQL requests:215. Generation time:6.828 sec. Memory consumption:82.46 mb