Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

सात मधेशी दलहरुद्वारा संघीय लोकतान्त्रिक मोर्चा घोषणा

spot_img
spot_img

वीरगंज । मधेश प्रदेशलाई केन्द्रमा राखेर राजनीति गरिरहेका सातवटा दलहरूले बिहिबार संयुक्त माेर्चा घोषणा गरेका छन् । काठमाडौंको थापागाउँस्थित एक कार्यक्रमका बिच उनीहरूले ’संघीय लोकतान्त्रिक मोर्चा’ नामक संयुक्त मोर्चाको घोषणा गरेका हुन् । यस घोषणाले मधेशको राजनीतिमा नयाँ ध्रुवीकरण र सहकार्यको संकेत दिएको छ।

मोर्चामा जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) सहभागी छन्। मधेशी दलहरूले यसअघि नै संयुक्त मोर्चा बनाउने तयारीस्वरुप कार्यदल गठन गरी आवश्यक दस्तावेजहरू तयार पारेका थिए ।

मोर्चाको नेतृत्व भने सबै दलका नेताहरूले आलोपालो गर्ने सहमति भएको छ, जसले सबै दलको समान सहभागिता र अपनत्वलाई सुनिश्चित गर्ने देखिएको छ । संयुक्त मोर्चाले आफ्ना २५ बुँदे उद्देश्य र राजनीतिक प्रतिबद्धताहरू पनि सार्वजनिक गरेको छ, जसमा मधेश प्रदेशको अधिकार, विकास र पहिचानका मुद्दाहरूलाई प्राथमिकता दिइएको अनुमान गरिएको छ। लामो समयदेखि छुट्टाछुट्टै रूपमा राजनीति गर्दै आएका मधेश केन्द्रित दलहरू एकै मोर्चामा आउनुलाई राजनीतिक विश्लेषकहरूले सकारात्मक कदमको रूपमा लिएका छन् । यस मोर्चाले मधेशको आवाजलाई राष्ट्रिय राजनीतिमा थप प्रभावकारी रूपमा उठाउन मद्दत गर्ने विश्वास गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आगामी मङ्सिर २१, २२ र २३ गतेका लागि आयोजना गरिएको १५औँ महाधिवेशनको तयारीमा जुट्न आह्वान गर्नुभएको छ...

शिक्षामन्त्री पोखरेलसँग बेलायती राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य ९बेलायत० का राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज...

सर्लाहीमा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाही । सर्लाहीमा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको गोडैता र बरहथवामा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । जिल्ला...