Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

भ्रष्टाचार विरुद्ध र सुशासनकाे लागि वीरगंजमा युवा संघकाे विराेध र्‍याली

spot_img
spot_img

वीरगंज । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपाल वीरगंजले शनिबार वीरगंजका विराेध र्‍याली निकालेकाे छ । “यथास्थिती र प्रतिगामी षडयन्त्रकाे विराेध गराैं, गणतन्त्रकाे सम्बर्द्धन र राष्ट्रिय स्वधिनताकाे संरक्षण गराैं” मुल नारा सहित निस्केकाे विराेध र्‍याली शान्तिपूर्ण रुपमा सम्पन्न भएकाे हाे ।

भ्रष्टाचार विरुद्ध र सुशासनकाे लागि वीरगंजस्थित जिल्ला प्रहरी कार्यालय पर्सा अगाडीबाट निस्केकाे विराेध र्‍याली घण्टाघर, माइस्थान, महाबिरस्थान, आदर्शनगर, घडिअर्वा हुँदै पुन: घण्टाघरमा पुगी काेण सभामा परिणत भएकाे थियाे ।

काेण सभालाई सम्बाेधन गर्दै नकपा (एकीकृत समाजवादी) का केन्द्रिय सदस्य मनाेज चाैधरीले समाप्त भइसकेकाे राजतन्त्र फेरी फर्कन नसक्ने वताए । उनले समाप्त भइसकेकाे निरंकुशन शासन अब कुनै पनि हालत फर्कन नसक्ने दाबी गर्दै पुन: राजगदीमा फर्कन सपना नदेखन पूर्व राजा ज्ञानेन्द्र साहलाई चेतावनी समेत दिए ।

केन्द्रीय सदस्य चौधरीले भने, “राजाले फेरि सक्रियता देखाउने प्रयास गरेमा उनको सुरक्षासमेत हटाइनुका साथै नागरिकता समेत खारेज हुन सक्छ।” उनले मृत घोडालाई घाँस खुवाउने प्रयासको संज्ञा दिँदै राजा गद्दीमा पुनःस्थापनाको कल्पना भ्रम मात्र भएको बताए ।

कोण सभालाई नेकपा (एकीकृत समाजवादी) वीरगंज महानगर कमिटीका सचिव बृजलाल पासवान, युवा संघ नेपालका केन्द्रीय सदस्य तथा पर्सा सह-इञ्चार्ज सन्जु चौधरी, जयशंकर यादव, सन्दीप कुमार पटेल लगायतले सम्बोधन गरेका थिए ।

विरोध ¥यालीमा युवा संघका महानगर अध्यक्ष तारकेश्वर चाैवे, उपाध्यक्ष अखलेश गुप्ता, सचिव मधु सिंह राजपूत, सह-सचिव नागेश्वर यादव, कोषाध्यक्ष जयप्रकाश मण्डल, शनि यादव, रामबाबु मण्डल, रामनरेश मण्डल, पप्पु महतो, सदाम अन्सारी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...