29.8 C
Birgunj
9 April 2025
KALIKATIMES.COM

सबै मिलेर काम गरे मेलम्ची आयोजना सफल हुन्छ : मन्त्री यादव

वीरगंज । खानेपानी मन्त्री प्रदीप यादवले आज काठमाडौँ उपत्यका खानेपानी लिमिटेडअन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालयको काठमाडौँ उपत्यका खानेपानी तथा सरसफाइ आयोजना, मेलम्ची उप-आयोजना – २ को ब्रिफिङ लिनुभएको छ ।

ब्रिफिङका क्रममा मन्त्री यादवले काठमाडौँ उपत्यकामा खानेपानी वितरण प्रणाली सुधार र फोहर पानी व्यवस्थापन आयोजनाहरूको प्रगति तथा सञ्चालनमा रहेका कार्यक्रमहरूको बारेमा जानकारी लिनुभएको थियो । उहाँले मन्त्रालयको प्राविधिक र प्रशासनिक कार्य प्रवाहलाई बुझ्दै जनताको गुनासोलाई ध्यानमा राखेर मन्त्रालयका कर्मचारीहरूसँग मिलेर काम गरिरहेको बताउनुभयो ।

उहाँले परियोजनाहरूको विस्तृत जानकारी लिनुहुँदै मेलम्ची खानेपानी आयोजनाको सम्बन्धमा जनतामा रहेको निराशालाई आशामा बदल्न मेलम्चीको पानी वितरणलाई प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

‘हामीले काम मार्फत गलत धारणा चिर्नु पर्छ र जनतालाई मेलम्चीको पानी वर्षभरि कसरी पुर्‍याउन सकिन्छ त्यसतर्फ दिन रात नभनी काम गर्नुपर्छ,’ मन्त्री यादवले भन्नुभयो । उहाँले स्थानीय सरकारसँगको समन्वयको आवश्यकता औँल्याउँदै काठमाडौँ महानगरपालिकाको सहयोगका लागि त्यहाँका प्रमुख प्रशासकीय अधिकृतसँग फोनमा छलफल गरेको उल्लेख गर्नुभयो ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको विषयमा आएका गुनासोको जानकारी लिएर प्रधानमन्त्रीसँग छलफल गर्ने तयारीमा रहेको र कर्मचारीहरूलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्नुभयो । ‘म पार्टीभन्दा जनताको मन्त्री हुँ, मेरो पहिलो प्राथमिकता जनताको समस्या समाधान गर्नु हो,’ उहाँले भन्नुभयो ।

मन्त्री यादवले सबै मिलेर काम गर्दा मात्र मेलम्ची आयोजना सफल पार्न सकिने विश्वास व्यक्त गर्नुभयो । ‘मेलम्चीको मुहान सार्ने काम र वर्षभरि काठमाडौँका बासिन्दालाई खानेपानी पुर्‍याएर देखाउनु पर्छ,’ मन्त्री यादवले भन्नुभयो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:215. Generation time:4.042 sec. Memory consumption:82.47 mb