6 April 2025
KALIKATIMES.COM

आजपाकाे महाेतरीमा जिल्ला भेला सम्पन्न, विभिन्न कमिटीहरु गठन

वीरगंज । आम जनता पार्टी (आजपा) काे शुक्रबार महोतरीमा जिल्ला भेला सम्पन्न भएकाे छ । बिधार्थीको अनुपातमा शिक्षक दरबन्दीको माग सहित आजपाले महोतरीकाे जलेश्वरमा आयाेजना गरेकाे बृहत भेला सम्पन्न भएकाे हाे ।
 
आजपाका राष्ट्रिय अध्यक्ष प्रभु साहको प्रमुख आतिथ्यमा भएको जिल्ला भेलालाले अरविन्द साहकाे अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी गठन गरेकाे आजपाका मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहाले जानकारी दिए । नवगठित कमिटीकाे उपाध्यक्षमा धनपत साह, सदिक नदाफ, सचिवमा रमेश भण्डारी, स-सचिवमा पंकज सिंह, रामहित राउत, रन्जन साह र कोषाध्यक्ष बबिता देवि रहेकाे प्रदेश अध्यक्ष कुशवाहाले जानकारी गराए ।
 
यसैगरी जिल्ला भेलाले बबिता देवीकाे अध्यक्षतामा ५१ सदस्यीय आम महिला मोर्चाकाे जिल्ला कमिटि पनि गठन गरेकाे छ । जुन कमिटीकाे उपाध्यक्ष मिना साह, सचिवमा रंगिना देवी, कोषाध्यक्षमा सावित्री देवी लगायतका रहेका छन् ।
 
यसैगरी सुबाेध ठाकुरकाे अध्यक्षतामा १०१ सदस्यीय आई टी आर्मीकाे जिल्ला कमिटि पनि गठन भएकाे छ । जुन कमिटीकाे उपाध्यक्ष सुनिल ठाकुर, सचिवमा नितेश साह, कोषाध्यक्षमा राकेश भाण्डारी लगाएत चयन भएका छन् ।
 
बिजय साहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको आजपाकी उपाध्यक्ष रिता साह, महासचिव त्रीभुवन साह, मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहा, नेता अरबिन्द साह, श्रीलाल महासेठ, श्रीचन मुखिया, धनपत साह लगायतकाे उपस्थिती रहेकाे थियाे भने कार्यक्रमकाे संचालन ममता शर्माले गरेकी थिइन ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

भ्रष्टाचार विरुद्ध र सुशासनकाे लागि वीरगंजमा युवा संघकाे विराेध र्‍याली

कालिका टाईम्स

अभिभावक संघकाे कार्यक्रममा ४ महिला सहित ७७ जानाद्वारा रक्तदान

कालिका टाईम्स

कालिकामाईकाे भेडिहारीमा गाउँपालिका अध्यक्ष गुप्ताद्वारा विद्यालय भवनको शिलान्यास

कालिका टाईम्स
SQL requests:208. Generation time:4.716 sec. Memory consumption:82.24 mb