31.8 C
Birgunj
31 March 2025
KALIKATIMES.COM

वीरगंजका एक दर्जन पसलहरुमा अनुगमन, सचेत गराउँदै लेभल विनाकाे सामग्री नष्ट गरियाे

वीरगंज । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगंजले बुधबार वीरगंजका एक दर्जन पसलहरुमा अनुगमन गरेकाे छ ।

जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्याेग कार्यालय, वीरगंज उद्याेग वाणिज्य संघ र उपभाेक्ता हित संरक्षण मंचका प्रतिनिधिसहितकाे संयुक्त अनुगमन टाेलीले वीरगंजकाे घण्टाघर र माइस्थान स्थित विभिन्न पसलहरुकाे अनुगमन गरेकाे हाे ।

नियमित अनुगमन अन्तर्गत वीरगंजकाे घण्टाघर र माइस्थान क्षेत्रका ११ वटा पसलहरुकाे अनुगमन गरिएकाे खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरगंजका प्राविधिक अधिकृत सुरेश कुमार सिंहले जानकारी दिए ।

अनुगमनकाे क्रममा खाजा तथा मिठाई पसलहरुमा पत्रपत्रिकाकाे प्रयाेग र लेभल नभएकाे प्याकिङ सामग्रीहरु भेटिएकाे उनले वताए । पत्रपत्रिकामा खाजा खुवाउनु नहुने र विना लेभलकाे प्याकिङ सामग्री बिक्री गर्नु नहुने सचेत गराउँदै लेभल विनाकाे साग्रीहरु नष्ट गरिएकाे अधिकृत सिंहले वताए ।

अनुगमन टाेलीलाई देख्नै वितिकै अधिकांश पसलका संचालकहरु पसलकाे सटरहरु बन्द गरेर फरार भएका थिए । खुला रहेका पसलहरु मध्ये अनुगमन टाेली पुगेका पसलका संचालहरु नै भेटिदैन थिए । पसलमा भेटिएकाहरु पनि कागजपत्र देखाउन सकेका थिएन । 

अनुगमन टाेलीमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि बह्रमदेव यादव, घरेलु तथा साना उद्याेग कार्यालयका प्रतिनिधि सुरज राम, वीरगंज उद्याेग वाणिज्य कार्यालयका प्रतिनिधि मनाेज कुमार दास, उपभाेक्ता हित संरक्ष मंचका प्रतिनिधि विशाल झा, प्रहरी र पत्रकारकाे सहभागिता रहेकाे थियाे । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पत्रकार रजककाे हत्याकाे विराेधमा कालाे पट्टी बांधेर विराेध प्रदर्शन

कालिका टाईम्स

ईकाइ कार्यालयद्वारा सिफारिस भएका शिक्षहरुलाई नियुक्ति पत्र वितरण

कालिका टाईम्स

नेताहरुको लुटतन्त्रकै कारण तेस्रो जनआन्दोलन जन्मियो : प्रभु साह

कालिका टाईम्स
SQL requests:216. Generation time:5.057 sec. Memory consumption:82.48 mb