Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

पत्रकार रजककाे हत्याकाे विराेधमा कालाे पट्टी बांधेर विराेध प्रदर्शन

spot_img
spot_img

वीरगंज । राजावादीहरूले शुक्रवार काठमाडौँमा आयोजना गरेको विरोध प्रदर्शनका क्रममा एउटा घरमा लगाइएको आगलागीमा परेर ज्यान गुमाएका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको हत्याको विरोधमा पर्सा सहित देशभरका सञ्चारकर्मीहरु आन्दोलनमा उत्रिएका छन् ।

नेपाल पत्रकार महासङ्घले घोषणा गरेको विरोध कार्यक्रमअन्तर्गत आइतबार पर्साका अधिकांश सञ्चारकर्मीहरूले हातमा कालो पट्टी बाँधेर काम गरेका छन् ।

नेपाल पत्रकार महासंघ  पर्सा र वीरगंजकाे घण्टाघरमा जम्मा भएका संचारकर्मीहरुले हातमा कालो पट्टी बाँधेर आफ्नो नियमित कामकाे लागि कार्यक्षेत्रमा प्रस्थान गरेका थिए । नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा लगायतले पत्रकारका नेताहरुले पत्रकारहरुकाे हातमा कालाे पट्टी बाँधी दिएका दिएका थिए ।

पत्रकार रजकका हत्याराहरूलाई कानुनी दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न र सञ्चार गृह तथा सञ्चारकर्मीहरूको सुरक्षाको ग्यारेन्टी गर्न हाम्राे माग रहेकाे महासंघ मधेश प्रदेशका अध्यक्ष बन्जाराले वताए ।

“पत्रकार सुरेश रजकले आफ्नो पेसागत जिम्मेवारी निर्वाह गर्ने क्रममा ज्यान गुमाउनुपरेको छ । घटनाले सञ्चारकर्मीहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ,” अध्यक्ष बन्जाराले भने, “हामी हातमा कालो पट्टी बाँधेर विरोध जनाइरहेका छौँ र दोषीमाथि कडा कारबाही नभएसम्म आन्दोलन जारी रहनेछ ।”

नेपाल पत्रकार महासङ्घले देशभरका सञ्चारकर्मीहरूलाई विरोधमा सहभागी हुन आह्वान गरेको छ । पर्साका सञ्चारकर्मीहरूले पनि सोही आह्वानलाई समर्थन गर्दै दिनभर कालो पट्टी बाँधेर आफ्नो विराेध जनाएका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...