Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

नेताहरुको लुटतन्त्रकै कारण तेस्रो जनआन्दोलन जन्मियो : प्रभु साह

spot_img
spot_img
वीरगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले लुटकारी दलाल दलतन्त्रका कारण मुलुक बर्बाद भईरहेको टिप्पणी गरेका छन् । नेताहरुको लुटतन्त्रकै कारण तेस्रो जनआन्दोलन जन्मिएको बताउदै उनले आम जनताको शासन व्यवस्थाका लागि आन्दोलन सफल बनाउनुपर्ने बताएका हुन् ।
 
लुटकारी दलतन्त्र बिरुद्ध २४ चैतमा काठमाडौंमा हुने तेस्रो जनआन्दोलनको तयारीका लागि आइतबार काठमाडौंको बुढानिलकण्ठमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारी, लुटेरा, दलालहरुका कारण मुलुक समृद्ध हुन नसकेको बताए ।
 
‘सरकार भगौडा बर्गको पक्षपोषणमा लागेको छ । नेपालमा लुटेर अकुत पैसा जम्मा गरी विदेश लैजाने, उच्च ओहदामा बसेर लुट मचाउने र नेपालको पुँजी बिदेश लैजानेको सेवा गर्नमा सरकार लागेको छ,’ आजपा अध्यक्ष साहले भने, ‘लुटेराहरु जो मुलुकको आर्थिक अवस्था धरासायी बनाए सरकार त्यस्तालाई दोहोरो नागरिक्ता दिने र कानून पनि उनीहरुकै लागि बनाएर मुलुकलाई झन धरासायी बनाउदैछ ।’
 
भगौडा वर्गको पक्षपोषणमा लागेको सरकारले मुलुकलाई जोगाउन नसक्ने बताउदै उनले मुलुक जोगाउन, देशलाई आर्थिक संकटबाट बचाउन, देशबाट दलाल दलतन्त्रको अन्त्य गर्नका लागि तेस्रो जनआन्दोलनलाई सबै एकजुट भएर लाग्नुपर्ने बताए ।
 
सरकार र संविधान दुबै असफल भईसकेको बताउदै उनले वर्तमान व्यवस्थाको अन्त्य नै मुलुकमा देखिएको संकटको समाधान भएको बताए । जनताको सर्वोच्चता सहितको शासन व्यवस्था नभएसम्म मुलुक समृद्ध हुन नसकेको उनले बताए ।
 
देशको वर्तमाान राजनीतिक अवस्था अन्यौलग्रस्त, अस्तव्यस्त एंव संकटउन्मुख रहेकोले आम जनतामा राजनीतिप्रति विकर्षण, दल र नेताप्रति घृणा, राजनीतिक शक्तिहरूबीच टकराव, जनआक्रोश मार्फतको तिब्र धुर्वीकरण सहित अग्रगामी विचार, नेतृत्व एंव निकासको खोजीमा देश रहेको उनले बताए ।
 
वर्तमान सरकारको कारण आर्थिक सूचकांकहरु नकारात्मक बनेको, वैदेशिक कुटनीतिक सम्बन्धहरु अवरुद्ध भएको, कार्यसम्पादन मुल्यांकनमा प्रधानमन्त्री तथा बहुमत मन्त्रीहरू फेल भएको, ओली नेतृत्वको सरकार आफै जनस्तरबाट अस्वीकृत भएको बताउदै उनले सोही कारण जनतामा आक्रोश उत्पन्न भएको बताए ।
 
‘दलतन्त्र विरुद्धको तेस्रो जनआन्दोलन सफल पारौं !, जनताको शासन सहित समृद्धिको पथमा अघि बढौं !!’ भन्ने मुल नारा सहित भएको कार्यक्रम पार्टीका नेताकार्यकर्ता, सर्वसधारण लगायतको सहभागिता रहेको थियो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...