7 April 2025
KALIKATIMES.COM

वीरगंजबाट ‘जनकपुरधाम-अयोध्या भार यात्रा’ भारतको अयोध्या प्रस्थान

वीरगंज । नवनिर्मित राममन्दिरको प्राण प्रतिष्ठाका लागि वीरगंजबाट ‘जनकपुरधाम-अयोध्या भार यात्रा’ भारतको अयोध्या प्रस्थान गरेको छ ।

जानकी मन्दिरका महन्त रामरोशन दासको नेतृत्वमा एक टोली राममन्दिरको प्राण प्रतिष्ठाका लागि भारसहित वीरगंज आएको थियो । यात्रालाई वीरगंज महानगरपालिकाको प्रमुख राजेशमान सिंहले स्वागत गरेका थिए । यात्रालाई नेपाल प्रहरी र सशत्र प्रहरीको नायव महानिरीक्षकद्वय, वीरगंज महानगरको सदभावनादुत अशोक वैद लगायतले सहभागीहरुलाई माला र खादाले स्वागत गरेको थियो ।

यात्रा शुक्रबार नै अयोध्याको लागी प्रस्थान गरेको छ । जनकपुरधामस्थित जानकी मन्दिरबाट बिहीवार सुरु गरिएको यात्रा राति अबेर वीरगंज पुगेको थियो । रक्सौलको बाटो भएर गोरखपुर हुँदै शुक्रबार रातिसम्म अयोध्या पुग्ने लक्ष्य राखिएको छ । राम जन्मभूमि अयोध्यामा ५ सय वर्षको संघर्षपछि राममन्दिर निर्माण भएको छ ।

पाहुरमा विभिन्न प्रकारका कपडा, आभूषण, भाँडावर्तनका साथै विभिन्न मिठाई तथा पकवान रहेका छन् । यसका साथै भगवान् रामका लागि चाँदीको धनुष वाण, माता सीताको चरण पादुका लगायतका गरगहना समेत पाहुरमा राखिएको छ ।

भार यात्रा भारतको बेतिया, कुशीनगर, सिद्धार्थनगर, गोरखपुर हुँदै अयोध्या पुग्नेछ । जनवरी २२ तारिखमा भारतको अयोध्यामा निर्माण गरिएको नयाँ मन्दिरमा भगवान् रामको प्रतिमाको प्राण प्रतिष्ठा हुने कार्यक्रम छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

भ्रष्टाचार विरुद्ध र सुशासनकाे लागि वीरगंजमा युवा संघकाे विराेध र्‍याली

कालिका टाईम्स

अभिभावक संघकाे कार्यक्रममा ४ महिला सहित ७७ जानाद्वारा रक्तदान

कालिका टाईम्स

कालिकामाईकाे भेडिहारीमा गाउँपालिका अध्यक्ष गुप्ताद्वारा विद्यालय भवनको शिलान्यास

कालिका टाईम्स
SQL requests:215. Generation time:5.831 sec. Memory consumption:82.46 mb