वीरगंज । बाराका विभिन्न स्थानबाट प्रहरीले प्रतिबन्धित लागु औषधसहित चार जनालाई पक्राउ गरेको छ ।बजनी र निजगढबाट गरि चार जना पक्राउ परेका हुन् ।
ईलाका प्रहरी कार्यालय सिमराको टोलीले जीतपुर सिमरा उप–महानगरपालिका वडा नंबर ३ बजनीबाट प्रदेश २–०३–०१६ प ०८८८ नंम्बरको मोटरसाइकलका चालक कलैया उपमहानगरपालिका १ का ४३ वर्षिय शंकर प्रसाद यादव र त्यसमा सवार २४ वर्षिय मनिषकुमार साहलाई ८ सय ९९ पिस लागु औषधसहित पक्राउ गरेको हो । उनिहरुको साथबाट फेनरागन २९६ पिस, डाईजेपाम ३०३ पिस र नोर्फिन ३०० पिस बरामद गरिएको प्रहरीले जनाएको छ ।
यस्तै ईलाका प्रहरी कार्यालय निजगढले निजगढ नगरपालिका वडा नंबर ९ शहिद चोकबाट ट्रमालिन १ सय ८० पिस ट्याब्लेटसहित निजगढ ८ बुद्ध चोकका २० वर्षिय विवेक मोक्तान र जीतपुर सिमरा १६ टांगियावस्तीका २० वर्षिय सागर तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले जानकारी दिए ।