40.2 C
Birgunj
8 April 2025
KALIKATIMES.COM

पांचाै मेयर कप : सखुवा प्रसाैनी गाउँपालिका विजयी

वीरगंज । पर्साकाे पोखरिया नगरपालिकामा जारि पांचाै मेयर कप २०८० क्रिकेट प्रतियाेगिता अन्तर्गत बुधबार भएकाे चाैथाे खेलमा बहुदरमाई नगरपालिकालाई हराउँदै सखुवा प्रसाैनी गाउँपालिका विजयी भएकाे छ ।
 
सुरुमा ब्याटिङ गरेकाे बहुदरमाईले १६.२ ओभर मै पुरै विकेट गुमाउँदै १०८ रन बनाएकाे थियाे । त्यसपछि १०९ रनकाे लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेकाे सखुवा प्रसाैनीले १६ ओभर मै ४ विकेटकाे नाेक्सानीमा लक्ष्य पुरा गरेपछि विजयी घाेषित भएकाे थियाे । 
 
पाेखरिया नगरपालिकाकाे सहयाेग र वडा नं. ६ काे आयाेजनामा पाेखरियास्थित शेरा फिल्डमा भइरहेकाे प्रतियाेगिताकाे विजेता टिमले रु एक लाख र उप विजेता टिमले रु ५० हजार पुरस्कार पाउने आयाेजकले जनाएकाे छ ।
 
८ वटा पालिका स्तरिय टिम सहभागि रहेकाे प्रतियाेगिता अन्तर्गत बिहिबार पाँचाै खेल धाेबिनी गाउँपालिका र बिन्दवासिनी गाउँपालिका बिच बिच हुने छ ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:208. Generation time:5.420 sec. Memory consumption:82.25 mb