26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

प्रेस चौतारी पर्साकाे अधिवेशन पुष १३ गते हुने

भंडारीको संयोजकत्वमा तयारी समिति गठन

वीरगंज । प्रेस चौतारी नेपाल पर्साको विशेष अधिवेशन पुस १३ गते वीरगंजमा गर्ने निर्णय भएको छ । बिशेष अधिवेशन आयोजक समिति पर्साका संयोजक श्याम बन्जाराको अध्यक्षतामा साेमबार वीरगंजस्थित होटल गेटवेमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले अधिवेशन सम्पन्न गर्न तुलसी भण्डारीको संयोजकत्वमा ७ सदस्सीय मुल तयारी समिति समेत गठन गरेको छ । तयारी समितिमा राजन रौनियार, कृष्णा कुशवाहा, संतोष पटेल, राकेश साह, अखलेश प्रसाद साह र एस.के चौरसिया रहेका छन ।

साथै बैठकले सदस्यता नविकरणका लागि राकेश साह, पन्नालाल साह, आरोहण साह र आनन्द पटेल सदस्य रहेको उप समिति पनि गठन गरेको छ ।

पर्सा संयोजक श्याम बन्जाराको अध्यक्षतामा सम्पन्न बैठकमा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं मधेश प्रदेशका सह इन्चार्ज के.सि. लामिछाने, आयोजक समितिका सदस्यहरु तुलसी भण्डारी, कविता खड्का, संतोष पटेल, राकेश साह, राजन रौनियार, मन्सुर खान, नितेश कर्ण, प्रकाश तिवारी, उर्मिला सापकोटा,अखलेश साह, आरोहण साह, आनन्द पटेल, पन्नालाल साह, एस.के. चौरसिया र कृष्णा कुशवाहाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.901 sec. Memory consumption:81.48 mb