31.8 C
Birgunj
31 March 2025
KALIKATIMES.COM

वीरगंजका मदिरा फर्मममा अनुगमन

म्याद गुज्रिएका बड्बाइजर र नेपाल आईसका बियर भेटिए

वीरगंज । वीरगंज महानगरभित्र रहेका अधिकांश मदिरा व्यवसाय दर्ता बिना नै सञ्चालनमा रहेको पाइएको छ । वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमको संयोजकत्वमा गठीत अनुगमन समितिले गरेको अनुगमनका क्रममा अधिकांश पसल दर्ता नभएको पाइएको हो ।

खाद्य अनुसन्धान अधिकृत बिपिन कुमार दासको नेतृत्वमा वीरगंजकाे घण्टाघर, माईस्थान, आदर्शनगर लगायतका स्थानमा रहेका ९ वटा मदिरा फर्मममा अनुगमन गरिएको हो ।

बिहिवार र शुक्रवार गरिएको अनुगमनको क्रममा म्याद गुज्रिएका बड्बाइजर, नेपाल आईस लगायतका बियर नष्ट गरिएको अनुगमन टोलीमा सहभागी होटल तथा पर्यटन व्यवसायी संघ वीरगंजका अध्यक्ष हरि पन्तले बताए । उनकाअनुसार महानगरमा व्यवसाय दर्ता नभएका होटल तथा मदिरा व्यवसायीहरुलाई महानगरमा दर्ता हुन संघले छुट्टै सर्कुलर जारी गर्ने तयारी गरेको छ । 

बिना दर्ता  सन्चालनमा रहेका मदिरा व्यवसायीहरुलाई महानगरमा दर्ता गर्न एक साताको समयसहित खाद्य अनुसन्धान अधिकृत बिपिन कुमार दासले चेतावनी दिएका छन् । दिपक इम्पेक्स, शिखर इन्टर्प्राजेज, जय जग्दम्बा, रबि ट्रेडर्स, लक्ष्मी स्टोर, साजन स्टोर, अजित इम्पेक्स, रिया एण्ड अदिती लगाएतका फर्महरुमा अनुगमन गरिएको दासले बताए । 

दर्ता नभएको, नवीकरण नभएको, मिति गुज्रिएको मदिरा बिक्रि भएको तथा एक्स्पायरी जोन नछुट्टयाएको जस्ता कैफियत अनुगमनका क्रममा भेटिएको थियो ।

अनुगमन टाेलीमा उपभोक्ता मञ्चका अजित भुजेल, वीरगंज उद्योग बाणिज्य  संघका प्रतीनिधि मनोज दास, जिल्ला प्रसासन, घरेलु, बाणिज्य  तथा नाप तौल कार्यालयका प्रतिनिधिहरु पनि सहभागी थिए । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पत्रकार रजककाे हत्याकाे विराेधमा कालाे पट्टी बांधेर विराेध प्रदर्शन

कालिका टाईम्स

ईकाइ कार्यालयद्वारा सिफारिस भएका शिक्षहरुलाई नियुक्ति पत्र वितरण

कालिका टाईम्स

नेताहरुको लुटतन्त्रकै कारण तेस्रो जनआन्दोलन जन्मियो : प्रभु साह

कालिका टाईम्स
SQL requests:215. Generation time:5.187 sec. Memory consumption:82.46 mb