वीरगंज । पर्साकाे झोवा र जगरनाथपुरबाट कुखुराको चल्लासहित बरामद भारतिय माेटरसाइकलहरु वीरगंज भन्सार कार्यालय बुझाइएकाे छ ।
बिआर०५जेड ७७६५, बिआर०५ बि २८८१ र बिआर०५डब्लु ८३८१ नम्बरको भारतिय माेटरसाइकलहरु भन्सार बुझाइएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
भन्सार छलीकाे भारतीय कुखुराको चल्लाहरूसहित विन्दवासिनी गाउँपालिकाकाे वडा नं. ४ झोवा र वीरगंज महानगरपालिकाकाे वडा नं.२२ जगरनाथपुरबाट बरामद माेटरसाइकलहरु बिहिबार वीरगंज भन्सार कार्यालय बुझाइएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए ।
उनका अनुसार झाैवाबाट कार्तिक २१ गते राति २ हजार गोटा भारतीय कुखुराको चल्लासहित एक माेटरसाइकल र मंसिर १९ गते राति जगरनाथपुरबाट ४ हजार २ सय भारतीय कुखुराको चल्ला चल्लासहित दुई वटा माेटरसाइकल बरामद भएकाे थियाे ।
भारतबाट नेपालतर्फ भित्राउँदै गरेकाे भन्सार छलीकाे कुखुराकाे चल्ला र माेटरसाइकल जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ तस्करहरु छाडी भागी फरार भएका थिए ।
कुखुराको चल्लाहरू आवश्यक कारवाही तथा नष्ट गर्नकाे लागि पशु क्वारेन्टाइन चेक पोष्ट सिर्सियामा पठाइएको र माेटरसाइकलहरुकाे रू एक लाख बयान्वे हजार मूल्याङ्कन गरी थप अनुसन्धान तथा कारवाहीको वीरगंज भन्सार कार्यालयमा बुझाइएको हाे ।