30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

नृसिंह माविका विद्यार्थीमाथि चक्कु प्रहार, आराेपित पक्राउ

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं. १४ पिपरास्थि नृरसिंह माद्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीमाथि चक्कु प्रहार भएकाे छ ।

कक्षा १० मा अध्ययनरत १६ बर्षिय महम्मद फिरोज आलममाथि साेही विद्यालयमा अध्ययनरत १५ बर्षिय अनुराग यादवले चक्कु प्रहार गरेकाे वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक (इन्सपेक्टर) धर्मजंङ थिङले वताए ।

स्कुलमा छुटी भएपछि घर जाने क्रममा वीरगंजकाे लिंक राेडस्थित मंगलबार विहान ११ बजेकाे करिबमा अनुरागले फिराेजमाथि चक्कु प्रहार गरि घाइते बनाएकाे इन्सपेक्टर थिङले जानकारी दिए ।

कालिकामाई गाउँपालिकाकाे वडा नं. १ स्थायी घर भएका घाइते फिराेजकाे वीरगंजस्थित तराई अस्पतालमा उपचार भइरहेकाे छ । उनी वीरगंजमा श्रीपुरमा बस्दै आएका छन् । चक्कु प्रहार गर्ने अनुराग सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ स्थायी घर हाे भने उनी वीरगंजकाे राधेमाई बस्दै आएका छन् । 

पुरानो रिसइवीका कारण अनुरागले आलममाथि छुरा प्रहार गरेको प्रहरीले जनाएकाे छ । दुबै जना बिच पहिलादेखि नै विवाद हुँदै आएकाे थियाे । घटना बारे थप अनुसन्धान भइरहेकाे इन्सपेक्टर थिङले वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स
SQL requests:216. Generation time:6.477 sec. Memory consumption:81.47 mb