वीरगंज । दलितमाथि भइरहेकाे विभेदकाे अन्त्य भएपछि पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर २ भेडिहारीकाे समाजिक परिवेश फेरिएकाे छ ।
अझै पनि विभिन्न ठाउँमा दलितमाथि छुवाछुत र विभेद भइरहेकाे समाचार आइरहेपनि भेडिहारीकाे मुख्य मन्दिर कै पुजारी दलित समुदायका एक व्यक्ति रहेका छन् ।
भेडिहारी निवासी बिरा भगत राम दुई दशकदेखि रामजानकी मन्दिरकाे पुजारी छन् । रामले २ दशक अगाडी देखी नै मन्दिरमा पुजारी भई पुजाआजा गर्दै आएका छन् ।
दलितमाथी शोसन, मन्दिर प्रबेशमा राेक, छुवाछुत, विभेद, कुटपिट लगायतकाे समाचार आइरहेकाे छ । तर भेडिहारीका एक दलित परिवारका ६० बर्षिय रामको मन्दिर कै पुजारी भएर उद्धारण बनेका छन् ।
बिगतका दिनमा बिभिन्न किसिमकाे गरीब, दलित तथा सर्वसाधारणमा भेडिहारीमा बिभेद आएपनि सोही गाउँका समाजिक संघसंस्था, युवा तथा समाजसेवीहरुको संघर्षका कारण समाजिक परिवर्तन भएकाे हाे ।
पुजारी रामका स्वर्गीय दाई जोखन रामले राजनीतिमा सक्रिय थिए । उनी पनि गरीब र दलितका लागी संघर्ष गर्दै आएका थिए । फलस्वरुप दलित परिवार एकबद्धय भई आफना हक र अधिकार तर्फ सचेत भएका थिए ।
शिक्षा, स्वास्थ्य, विकास तथा आफना अधिकारका लागी एक भई लडदै आएका दलित बस्तीका परिवारजनहरुले आफना सम्मपुर्ण अधिकार प्रति जागरुक छन । शिक्षा र चेतनामा पछाडी परेका दलित परिवारहरुले अब आफना छोरा छोरीहरुलाई शिक्षा दिनुका साथै नेपाल सरकारको जागीर सम्म पाउन सफल भएका छन ।
एक डिएसपी, एक जना सुब्बा, एक जना असई र दुई जना नेपाल प्रहरीका जवान भएर कार्यरत छन । यहाँ सम्मकी विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष पनि बनेका छन ।