38 C
Birgunj
31 March 2025
KALIKATIMES.COM

कार्यपालिका सदस्य पासवानलाई अभद्र व्यवहार गर्नेमाथि कारवाहीकाे माग

वीरगंज । नेपाल दलित मुक्ति संगठनले राैतहटकाे विन्दावन नगरपालिका कार्यपालिका सदस्य राजेश पासवानमाथि अभद्र व्यवहार र गाली बेइज्जति तथा जातीय छुवाछूत तथा भेदभाव भएकाे भन्दै दाेषी उपर कारवाहीकाे माग गरेकाे छ । 
 
संगठनले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै छठपर्वको अवसरमा रौतहट जिल्लाको पिपरिया स्थित छठ घाटको पन्डालमा प्रवेश गरेको निहुमा नेपाल दलित मुक्ति संगठन मधेश प्रदेश कमिटी सदस्य समेत रहेका पासवानमाथि भएकाे अभद्र व्यवहार प्रति ध्यानाकर्षण भएको जनाएकाे छ ।
 
संगठनका केन्द्रिय अध्यक्ष गणेश विश्वकर्माले विज्ञप्ती जारी गर्दै  श्री सानूकिम्ताङ माध्यमिक विद्यालय, म्याङ गाउँपालिका ४ किम्ताङ नुवाटमा कार्यरत प्रधानाध्यापक भरतप्रसाद यादव, अधिकृत शंकर ठाकुरलगायतका व्यक्तिहरुले दलित भनेर अपशब्द प्रयोग गर्दै उनीमाथि अभद्र व्यवहार गरेकाे जनाएकाे छ ।
 
विज्ञप्ती मार्फत विद्यालयका प्रधानाध्यापक तथा नेपाल सरकारका अधिकृत जस्तो पदमा रहेका व्यक्तिहरुबाट भएको यस घट्नाको जति विरोध तथा निन्दा गर्दै संगठनले घट्नाको घोर भत्र्सना समेत गरेकाे छ ।
 
नेपालको संविधान तथा जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन २०६८ तथा विद्यमान ऐन कानूनको विरुद्ध एक जना कार्यपालिका सदस्यमाथि जातीय विभेद गर्ने प्रधानाध्यापक यादव, अधिकृत शंकर ठाकुर लगायतका व्यक्तिहरुमाथि कानून अनुसार कारवाही गर्न संगठनले विज्ञप्ती मार्फत माग गरेकाे छ ।
 
साथै, मानव अधिकार विरोधी समाजमा सदभाव विथोल्ने गरी घटाइएकाे घट्नाका दोषीहरुलाई कारवाही गर्न गराउन हरतरहको सहयोग गर्न सम्पूर्ण राजनीति दलहरु, दलित संगठन, मानव अधिकारकर्मी, संचारकर्मी लगायतकाे संगठनले अपिल गरेकाे छ ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पत्रकार रजककाे हत्याकाे विराेधमा कालाे पट्टी बांधेर विराेध प्रदर्शन

कालिका टाईम्स

ईकाइ कार्यालयद्वारा सिफारिस भएका शिक्षहरुलाई नियुक्ति पत्र वितरण

कालिका टाईम्स

नेताहरुको लुटतन्त्रकै कारण तेस्रो जनआन्दोलन जन्मियो : प्रभु साह

कालिका टाईम्स
SQL requests:207. Generation time:5.391 sec. Memory consumption:82.25 mb