वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकामा शुक्रबार “राष्ट्र निर्माणमा युवाकाे भुमिका” बिषयक वक्तृत्वकाला प्रतियाेगिता सम्पन्न भएकाे छ ।
कालिकामाई गाउँपालिकाकाे सहयाेग र कालिकामाई युवा समाजकाे आयाेजनामा भएकाे प्रतियाेगिता सम्पन्न भएकाे हाे ।
दिव्य कन्या माद्यमिक विद्यालय बिरन्चीबर्वामा भएकाे प्रतियाेगितामा जनता मावि मुडलीका रुकशाना खातुन प्रथम, श्री सुकई साह मावि भेडिहारीका राज चाैरसिया द्वितिय र कन्या मावि बिरन्चीबर्वाकी राधिया कुमारी तृतिय भएका हुन् ।
प्रतियाेगितामा सन्तावना पुरस्कार नेरा मावि कट्टी बलुवाकी निलम कुमारीलाई प्रदान गरिएकाे युवा समाजका काेषाध्यक्ष बुलेट तिवारीले जानकारी दिए । ।
कालिकामाई युवा समाजका अध्यक्ष आकाश चाैरसियाकाे अध्यक्षतामा भएकाे प्रतियाेगिताकाे उद्घाटन कालिकामाई गाउँपालिकाका अध्यक्ष बशिष्ट कुमार गुप्ताले गरेका थिए ।
कार्यक्रमका बिशिष्ट अतिथी रेडियाे पाेखरियाका अध्यक्ष एवम् कालिका टाईम्सका प्रबन्ध निर्देशक छठु साहले देश निर्माणमा युवाकाे भुमिका महत्वपूर्ण रहेकाे वताए । उनले युवाले देश छाेडेर जानु भन्दा आफ्नै देशमा बसेर परिश्रम गरेर देश बनाउनु पर्ने वताए ।
कार्यक्रममा कालिकामाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नमाेनाथ यादव, दिव्य कन्या माविका प्रधानाध्यापक रामयतन प्रसाद, शिक्षक सुवाेध चाैरसिया, इन्द्रदेव कुर्मी, रामबिश्वास चाैरसिया लगायतकाे उपस्थिती रहेकाे थियाे । कार्यक्रमकाे संचालन दिव्य कन्या माविका शिक्षक आदित्य शर्माले गरेका थिए ।