20.6 C
Birgunj
26 November 2024
KALIKATIMES.COM

सेवाग्राहीले सास्ती पाएकाे गुनासाेपछि सुशासन समितिको अनुगमन सुरु

वीरगंज । वीरगंज महानगरपालिकाले आफ्नै वडा भित्रको कामकारवाहीलाई चुस्त बनाउँदै सेवाप्रवाह प्रभावकारी बनाउन कडाइका साथ अनुगमन थालेको छ ।

महानगरद्वारा गठित सुशासन तथा संस्थागत विकास समितिले बुधबार महानगरको ५ वटा वडाको सेवा प्रभावह बारे अनुगमन गरेको हो । वडामा कर्मचारीको उपस्थिति, सेवा प्रवाहको अवस्था, राजश्व संकलन लगायतका विषयमा जानकारी लिएको समितिका संयोजक प्रदीप चौरसियाले जानकारी दिए ।

कतिपय वडामा कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या आएको र कतिपय स्थानमा राजश्व संकलनमा समेत समस्या देखिएकाले वास्तविकता यकिन गर्न अनुगमन थालिएको उनले बताए ।

वडामा संकलन हुने राजश्व साप्ताहिक रुपमा दाखिला गराउनु पर्नेमा कतिपयले दाखिला नगरेको देखिएकाले त्यसलाई कडाई गर्न पनि समितिले अनुगमन थाल्नु परेको उनकाे भनाई छ ।

समितिले बुधबार वडा नम्वर ४ बाट अनुगमन सुरु गरेको थियो । पहिलो दिन वडा नं. ४ सहित ५, ६, ७ र १५ गरि ५ वटा वडामा अनुगमन गरिएको महानगरको प्रशासन महाशाखा प्रमुख राजकृष्ण ताम्राकारले बताए ।

अब ३२ वटै वडामा दैनिक रुपमा अनुगमन गर्ने र समयमा कार्यालयमा अनुपस्थित भेटिने कर्मचारीलाई कारबाही पनि गरिने उनले वताए ।

महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जनप्रतिनिधि रहने वडा कार्यालयमा नै सेवाग्राहीले सास्ती पाएको तथा राजश्व संकलनमा समसया देखिएको गुनासो आएपछि अनुगमनलाई कडाई गर्न निर्देशन दिए बमोजिम समितिले अनुगमन सुरु गरेको हो ।

वडा नं. ५ का वडाअध्यक्ष समेत रहेका समितिका संयोजक चौरसियाको नेतृत्वमा गएको टोलीमा प्रशासन महाशाखा प्रमुख राजकृष्ण ताम्राकार, महानगर प्रमुखका सचिवालय सल्लाहकार हरि पोखरेल, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, नगर प्रहरी प्रमुख हरि भुषाल लगायत सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा दशाैं उद्याेग दिवस मनाइयाे

कालिका टाईम्स

पटेर्वा सुगाैलीमा दुई सय ३० जनाकाे निशुल्का आँखाकाे शल्यक्रिया

कालिका टाईम्स

जिराभवानीमा नेकपा एसकाे कमिटी पुर्नगठन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.547 sec. Memory consumption:81.44 mb