वीरगंज । जनमत पार्टी पर्साको जिल्ला अध्यक्षको जिम्मेवारी युवा नेता ओमप्रकाश सर्राफले पाएका छन् ।यसअघि जिल्ला संयोजकको जिम्मेवारीमा रहेका सर्राफलाई पार्टीले अध्यक्षको जिम्मेवारी दिएको हो ।
सर्राफले संयोजकका रूपमा गरेको काम, कारबाही र पार्टी विस्तारका लागि देखाएको सक्रियतालाई मूल्याङ्कन गर्दै उनलाई अध्यक्षको जिम्मेवारी दिइएको जिल्ला इन्चार्ज माधव सिंह बताए ।
सर्राफको नेतृत्वमा ९७ सदस्सीय जिल्ला समन्वय समिति समेत गठन भएको छ । जसको उपाध्यक्ष परवेज अख्तर, प्रमोद यादव (ग्वाला) र अमरनाथ सिंह (इन्दल) राठौर रहेका छन् ।
त्यस्तै सचिवमा शशी भूषण पाण्डे, कोषाध्यक्षमा अभिषेक तिवारी र सदस्यमा अजय यादव, अनुपमा तिवारी, अर्जुन महतो, अमीर मियाँ, अशोक पटेल, अर्बु नेशा, ई. सुनिल कुमार मुखिया, डा. रेयाजुल हल लगायत रहेका छन् ।
नव गठित जिल्ला समन्वय समितिले पार्टीको कामलाई थप ऊर्जाका साथ अगाडि बढाउने आफूले विश्वास लिएको सह-इन्चार्ज मुकेश द्विवेदीले बताए । उनले पार्टीले यस पटक विस्तार गरेको नयाँ समितिमा अधिकांश युवा, बुद्धिजीवी, पेसागत वर्गका व्यक्ति र नयाँ अनुसारलाई ठाउँ दिइएको बताए ।