24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

पर्सामा सशस्त्र प्रहरी जवानमाथि आक्रमण, बियरकाे बाेतल प्रहार

घटना भएकाे ५ दिन वितिसक्दा पनि आराेपति पक्राउ पर्न सकेनन्

वीरगंज । पर्साका एक जना सशस्त्र प्रहरी जवानलाई कुटपिट गरी हत्याको प्रयास भएकाे छ । सशस्त्र प्रहरी बल १३ नं. हेडक्वाटर पर्सामा कार्यरत सशस्त्र प्रहरी जवान निरज विश्वकर्मामाथि कार्तिक ६ गते कुटपिट भएपनि हाल सम्म आराेपित पक्राउ पर्न सकेका छैनन् ।

वीरगंज महानगरपालिकाकाे मिलनचोक बस्ने सप्रज विश्वकर्मा दशै विदा मनाउन मिलनचोकस्थित घर गएको र नवमीको राति जितपुरहुदै वीरगंज फर्किदै गएको अवस्थामा मनमिश्र निमावी टेढाभन्दा ५० मिटर पश्चिम भैसी लोड गर्ने स्थानमा उनीमाथि स्थानीय युवकहरुले आक्रामण गरेका थिए ।

बोटोमा स्थानीय युवकहरु विवाद गरिरहेको दृश्य देखेपछि विश्वकर्माले सम्झाई बुझाई गर्न खोज्दा ५ वटा बियरको बोतल उनको टाउकोमा प्रहारी गरी ज्यान लिने प्रयास भएको थियो । सप्रज विश्वकर्माको टाउकोमा गम्भीर चोट लागेको छ भने उनको उपचार हाल वीरगंज गण्डकस्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा भइरहेको छ ।

घटनाको ५ दिन बिति सक्दा पनि हाल सम्म कुटपिट गर्ने आरोपीलाई प्रहरीले पक्राउ गर्न नसकेकाे पिडित प्रहरीका आफन्तले गुनासाे गरेका छन् । टेढाका बुलेट अन्सारीलगायत ३ जना युवकले सप्रज विश्वकर्मामाथि ज्यान मार्ने प्रयास गरेपनि विश्वकर्माको आफन्तजनकाे आराेप छ ।

यस विषयमा मिलनचोक प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक मित्र राईसंग बुझ्दा कुटपिट गर्ने व्यक्तिको पहिचान भइसकेको र खोजिकार्य भइरहेको बताए । 

यस घटनामा स्थानीय राजनीतिकर्मीहरु स्थानीय प्रहरी यूनिटसंग अभियुक्तको उन्मुक्तिको लागि चलखेल गरिरहेको बुझिएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:215. Generation time:4.035 sec. Memory consumption:81.45 mb