31.5 C
Birgunj
22 October 2024
KALIKATIMES.COM

दशैँमा पर्सामा २२ सवारी दुर्घटना, दुई जनाकाे मृत्यु

वीरगंज । दशैँ अवधिमा पर्सामा विभिन्न २२ वटा दुर्घटना भएका छन् । दशैंको सप्तमीदेखि विजयादशमी सम्ममा दुईपांग्रे, तीनपांग्रे र चारपांग्रे सवारी साधनहरु गरी जम्मा २२ वटा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पर्सामा दशैंको समयमा मोटरसाईकल २३ वटा, कार ७ वटा, दुईवटा ट्रक र दुई वटा साईकल तथा अटो ३ वटा दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएकाे हाे । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । भने, ३८ जना घाइते भएका छन् ।

यसैगरी ट्राफिक नियम उल्लंघन गरी चलाएका २२ वटा सवारी साधनहरुबाट ३ लाख ५७ हजार राजस्व समेत संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भाष्कर खटिवडाले जानकारी दिए । यो दशैंमा गतबर्ष भन्दा कम दुर्घटना भएकाे ट्राफिक प्रहरी निरीक्षक खतिवडाको भनाई छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

ड्राइपोर्ट ट्राफिक प्रहरीले छाडेका ओभर लाेडका गाडीहरुलाई रु दुई लाख १२ हजार जरिवाना

शम्भु कुमार सुमन

पोखरिया गोल्डकपकाे उपाधि वीरगंज युथ एकेडमीले जित्याे

कालिका टाईम्स

गढीमाई मेलामा शुद्ध खानेपानी र शौचालयको व्यवस्था गर्न मन्त्री यादवकाे निर्देशन

कालिका टाईम्स
SQL requests:216. Generation time:5.337 sec. Memory consumption:81.46 mb