वीरगंज । पर्साको विन्दवासिनीमा लागेको मेलामा बलुन (फुलौना) बेचिरहेका एक दलित व्यपारीले आफुले असई सावले मागेकाे पैसा नदिएपछि कुटपिट गरेकाे आराेप लगाएका छन् ।
वीरगंज महानगरपालिकाकाे वडा नं. १९ बिन्दवासिनी निवासी बरुण रामलाई अस्थायी प्रहरी पाेष्ट बिन्दवासिनीकाे प्रमुख प्रहरी सहायक निरिक्षक (असई) नवलेश तिवारीले कुटपिट गरेकाे भन्दै आइतबार स्थानियहरुले विराेध प्रदर्शन समेत गरेका थिए ।
बडादसैँको अवसरमा वीरगंज महानगरपालिका – १९ विन्दवासिनीस्थित बिन्दवासिनी मन्दिरमा लागेकाे मेलामा फुलाैना बेचिरहेका आफुलाई असई तिवारीले सबै व्यपारीहरुसंग उनले उठाइरहेकाे पैसा आफुले नदिएपछि कुटपिट गरेकाे रामले आराेप लगाएका हुन् ।
उनले भने “बिन्दवासिनी मेलामा मैले फुलाैना बेचिरहेका थिए । असई साब आउनु भयाे र पैसा माग्नु भयाे, मैले पैसा दिएन । त्यसपछि बेचिरहेकाे ठाउँबाट फुलाैना हटाउन भन्नु भयाे । मैलाई फुलाैना हटाई नै रहेकाे थिए जब सम्म मन्दिरबाट दुई जना अरु प्रहरी आएर मेराे फुलाैना सबै बाटाेमा फालिदिए । मेराे फुलाैना किन फाल्नु भयाे भन्दै मैले प्रश्न गर्दा मलाई समातेर प्रहरी पाेष्टमा लगेर असई सावकाे सामुने २/३ जना प्रहरीले कुटपिट गरे ।”
प्रहरीले हात र बुटले मलाई कुटपिट गरेकाे उनले वताए । प्रहरीले कुटपिट गर्नुकाे साथै मेराे ५/६ हजार जतिकाे फुलाैनामा क्षति समेत पुर्याएकाे वताए ।
रामलाई प्रहरीले कुटपिट गरि घाइते बनाएपछि स्थानीयहरूले त्यसको विरोधमा गर्दै केही बेर प्रहरी पोस्ट घेराउ समेत गरेका थिए ।
यस बिषयमा असई तिवारीसंग फाेनमा सम्पर्क गर्दा घटना बारे उनले केही बताउन चाहेनन् । उनले घटना भएकाे दिन इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक (इन्सपेक्टर) साव आउनु भएकाे बताउँदै उहाँसंगै बुझ्नु पर्ने वताए ।
इलाका प्रहरी कार्यालय पाेखरियाका इन्सपेक्टर माेहन बिक्रम केसीले विवाद सुल्झिसकेकाे वताए ।