कलैया । बाराकाे निजगढ नगरपालिकामा ५६ वर्षीय आमालाई बलात्कार प्रयास गरेको आरोपमा पीडितले ३६ वर्षीय छोराविरुद्ध उजरी दिएकी छन् । पिडितले इलाका प्रहरी कार्यालय निजगढमा छाेरा विरुद्ध उजुरी दिएकी हुन् ।
पतिले बहुविवाह गरेपछि छोरासँग बस्दै आएकी पीडितलाई असोज २६ गते छोराले बलात्कार प्रयास गरेको भन्दै पीडित आमाले उजरी दिएकी इलाका प्रहरी कार्यालय निजगढले जनाएकाे छ ।
पीडितको स्वास्थ्य परीक्षण असोज २७ गते प्रादेशिक अस्पताल कलैया भएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । घटना पश्चात आरोपित फरार भएकोले खोजतलास भइरहेका उनले वताए ।
प्रतिक्रिया लेख्नुहोस