26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

नवरात्रीकाे पहिलाे दिन कलश यात्रा

वीरगंज । नेपालीहरुकाे महान चाँड बडा दशैं आइतबारदेखि सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुने बडा दशैंकाे पहिलाे दिन घरघरमा जौ, मकै, गहुँ आदिको जमरा राखी घटस्थापना गर्ने गरिन्छ । घटस्थापना कै दिनदेखि नवरात्री समेत सुरु हुन्छ ।

नवरात्रीकाे पहिलाे दिन पर्साकाे विभिन्न स्थानामा कलश यात्रा निकालिएकाे छ । केही समय यतादेखि आएर पर्सामा सामुहिक रुपमा नवरात्री गर्ने चलनमा वृद्धि समेत भएकाे छ । सामुहिक रुपमा नवरात्री गर्नेहरु पहिलाे दिन कलश यात्रा समेत निकाल्दै आएका छन् ।

जगरनाथपुर गाउँपालिकामा भव्य रुपमा नवरात्रीकाे पहिलाे दिन आइतबार भव्य रुपमा कलश यात्रा निकालिएकाे छ । सयाैंकाे श्रद्धालुहरुकाे सहभागितामा निकालिएकाे कलश यात्रा गाउँ समेत परिक्रमा गरेकाे थियाे ।

जगरनाथपुर गाउँपालिकाकाे वडा.न.३ जमुनिया, बर्गो टोल, वडा नं.४ टोल सुहपुर, वडा.न.५ चिलझप्ट्टि वडानं. ६ बहुवरी तथा पर्सौनीमा कलश यात्रा निकालिएकाे स्थानिय मंजय गिरीले जानकारी दिए ।

कलश यात्रामा गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादव, उपाध्यक्ष बबिता सिंह क्षेत्री, जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष रेखा चाैधरी, प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन राय यादव, वडाअध्यक्ष शुभास कुमार यादव, प्रभु नुनिया, राम-अयोध्या प्रसाद पटेल लगायतकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:6.994 sec. Memory consumption:81.48 mb