36.5 C
Birgunj
10 April 2025
KALIKATIMES.COM

रोट्रयाक्ट क्लबद्वारा विद्यालयमा जडान गरिएकाे धारा उद्घाटन

दिपु बर्णवाल/
वीरगंज । रोट्रयाक्ट क्लब अफ वीरगंजले ‘हैप्पी स्कूल प्रोजेक्ट’ अन्तर्गत विद्यार्थी, शिक्षक र व्यवस्थापन पक्षलाई सहजरुपमा शुद्ध पिउने पानी उपलब्ध होस् भन्ने उद्देश्यले विद्यालयमा धारा जडान गरेकाे छ ।

रोट्रयाक्ट क्लबले श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय पर्सुतीपुर ३० मा एक कार्यक्रमको आयोजना गरेर शुद्ध पिउने पानीको धारा हस्तान्तरण गरेको हो । आरटीएन डा. आनन्द कुमार झा र ट्राफिक प्रहरी कार्यालय पर्साका इन्स्पेक्टर भास्कर खतिवडाले संयुक्त रुपमा रिबन काटेर धाराकाे उद्घाटन गरेका हुन् ।

साथै कपाल काट्ने परियोजना अन्तर्गत द बियर्ड शॉपको सहयोगमा उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको कपाल पनि काटिएको छ ।

रोटरी क्लब अफ वीरगंजका अध्यक्ष निर्मल खातीरकाे अध्यक्षतामा भएकाे कार्यक्रममा रोटरी क्लब अफ वीरगंजका पूर्व अध्यक्ष सोहन पोद्दार, चिकित्सा संयोजक वीरगंजका सामुदायिक आँखा केन्द्रका महेश सिंह धामी, द बियर्ड शॉपका विशाल शाह, रोटर्याक्ट क्लब अफ वीरगंजका अध्यक्ष सन्नी सरार्फ, डिस्ट्रिक्ट रोटरी रोटर्याक्ट रिलेसन चेयर आयुष गुप्ता, सचिव विवेक पटेल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:215. Generation time:5.729 sec. Memory consumption:82.47 mb