आनन्द पटेल/
परवानीपुर । बाराको परवानीपुर गाउँपालिका वडा नं. ४ चैनपुर टोलमा शनिबार जनता समाजवादी पार्टी (जसपा) को पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न पार्टी परित्यागगरी ३८ जनाले जसपामा प्रवेश गरेकाे जनाइएकाे छ ।
प्रवेश गर्नेहरुमा सिकेन्द्र पटेल, सुनील पटेल, सन्दिप पटेल, सन्तोष राम, नरेश राय, भगवत यादव, फर्मुला देवान, राम विनय साह, दीपक राम, मोतीलाल राम, मनोज गुप्ता लगायत रहेका छन । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथी संविधान सभा सदस्य तथा पार्टीका राजनीतिक समिति सदस्य आत्माराम साहले फूलमाला लगाई पार्टीमा प्रवेश गराएका थिए ।
साथै प्रमुख अतिथी साहले नवप्रवेसीहरुलाई पार्टीमा उचित जिम्मेवारी दिने र पार्टीको काममा लाग्न सबै नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे ।
कार्यक्रमका विशिष्ट अतिथि पार्टीका जिल्ला अध्यक्ष रामबाबु प्रसाद यादवले नवप्रबेसी युवाहरुलाई पार्टीमा स्वागत गर्दै अब आउने स्थानीय निर्वाचनमा पार्टीले राम्रो नतिजा निकालनेमा आफू विश्वस्त रहेको बताए ।
उनले यो पार्टी प्रवेशले यस क्षेत्रमा पार्टी प्रति युवाहरुको विश्वास र लगाव बढेको हुनाले सबै मिली अब पार्टी र स्थानीय जनताको सेवा गर्न सबैलाई आग्रह गरे ।
कार्यक्रमका विशिष्ट अतिथि अधिबक्ता रामचन्द्र सिंहले शुभकामना दिँदै यो पार्टी प्रवेशले अब आउने निर्वाचनमा जीतको धेरै सम्भावना बढेर गएको बताए । उनले यूवाहरुमा देश बदल्ने शक्ति भएको हुनाले राजनीतिक रूपमा पनि सही पार्टी छान्न आग्रह गरे ।
पार्टीका मधेश प्रदेश कमिटी सदस्य ललिता देवी साहले पार्टीमा प्रवेश गर्ने सबैलाई स्वागत गर्दै सबै एकजुट भएर काम गर्न आग्रह गरिन ।
पार्टीका युवा नेता तथा गाउँपालिका प्रत्यासी सञ्जु साहले पार्टीमा प्रवेश गरेका सबैलाई स्वागत गर्दै हामी युवाहरु अब एकजुट भएर सही काम गर्न आग्रह गरे । उनले आफू पनि एक युवा भएको हुनाले यस क्षेत्रको सबै विषय वस्तु राम्ररी बुझेको र युवाहरुको साथ र सहयोग भए यस क्षेत्रमा शिक्षा, स्वास्थ, बेरोजगारी लगायतको समस्यालाई समाधान गर्न तयार रहेको प्रतिबद्धता जनाए ।
कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष रामेश्वर साह, विद्यार्थी नेता निरञ्जन कुमार साह, पार्टीका क्षेत्रीय अध्यक्ष अनिल सहनी, उमेश साह, नरेश यादव लगायत नेता/कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।