31.8 C
Birgunj
31 March 2025
KALIKATIMES.COM

वीरगंजका सामुदायिक विद्यालयमा छड्के अनुगमन

अनुपस्थित प्रअ र शिक्षकसँग स्पष्टिकरण माग

वीरगंज । वीरगंज महानगरपालिकाले सामुदायिक विद्यालयको पठन पाठन चुस्त बनाउन छड्के अनुगमन पुनः सुरु गरेको छ ।

महानगरको शिक्षा समितिद्वारा गठित नियमन समितिका संयोजक इश्वरचन्द्र यादवको नेतृत्वको टोलीले सोमबार वडा नं. १५ र १६ को २ वटा विद्यालयको छड्के अनुगमन गरेको हो ।

विद्यालयको नियमित पठन पाठनको अवस्था, बालबिकास देखि कक्षा ६ सम्मका विद्यार्थीहरुको दिवा खाजाको गुणस्तर, भौतिक पूर्वाधारको अवस्था र सरसफाइ युक्त वातावरण लगाएत समग्र बिद्यालयका अवस्थाका सूचकहरुमा छड्के अनुगमन गरिएको संयोजक यादवले जानकारी दिए ।

अनुगमनका क्रममा वडा नम्वर १५ भिषुवामा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा प्रधानाध्यापकसहित ४ जना र वडा नं. १६ को श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय शुक्रराजमा २ जना शिक्षक अनुपस्थित भेटिएका छन् ।

अनुपस्थित भेटिएका शिक्षकका साथै शुक्रराज आधारभुत विद्यालयका प्रधानाध्यापकको व्यवहार समेत अनुचित देखिएकाले उनलाई पनि स्पष्टिकरण माग गरिएको छ । २४ घण्टाभित्र स्पष्टिकरण बुझाउन निर्देशन दिइएको शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत आनन्द लामिछानेले बताए ।

महानगरले यस अघि पनि अनुगमनलाई तिब्रता दिएको थियो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर चुस्त बनाउन अनुगमनलाई निरन्तरता दिने संयोजक यादवले बताए ।

अनुगमनमा वडा नम्वर ३० का वडाध्यक्ष मनोज यादव, महानगर प्रमुखका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल लगायतकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पत्रकार रजककाे हत्याकाे विराेधमा कालाे पट्टी बांधेर विराेध प्रदर्शन

कालिका टाईम्स

ईकाइ कार्यालयद्वारा सिफारिस भएका शिक्षहरुलाई नियुक्ति पत्र वितरण

कालिका टाईम्स

नेताहरुको लुटतन्त्रकै कारण तेस्रो जनआन्दोलन जन्मियो : प्रभु साह

कालिका टाईम्स
SQL requests:214. Generation time:4.796 sec. Memory consumption:82.46 mb