वीरगंज । सर्लाहीमा २२ वर्षीय दुई जना युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
बलात्कार आराेपमा धनुषा जिल्लाको सहिद नगरपालिका–४ मौरिया टोलका २३ वर्षीय अनिकित कुमार यादव र पर्सा जिल्ला पर्टेवा सुगौली गाउँपालिका–४ का २२ वर्षीय सुचित चौधरीलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
दुबै जना आरोपितहरूलाई शुक्रबार पक्राउ गरी जिल्ला अदालतबाट एक हप्ताको लागि म्याद थप गराई घटना बारे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी नायब उपरिक्षक दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।
घटनामा संलग्न अर्का एक जना आरोपित सर्लाही जिल्ला बसबरीया गाउँपालिका–२ मानपुरका २४ वर्षीय रोहन यादव फरार रहेकोले खोज तलास भइरहेको उनले वताए ।
आरोपितहरूले पीडितहरूलाई ०८० भदौ ३१ गते सामूहिक बलात्कार गरेको भन्दै असोज ९ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा उजरी दिएका थिए ।
पीडितहरूको स्वास्थ्य परीक्षण असोज १० गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएकाे थियाे ।