21.8 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

लागु औषध गाँजासहित बिन्दवासिनीबाट बहुदरमाईका दुई जना पक्राउ

वीरगंज । प्रहरीले पर्साकाे बिन्दबासिनी गाउँपालिका वडा नं.५ प्रसौनीभट्टाबाट लागु औषध गाँजासहित दुई जनलाई पक्राउ गरेकाे छ ।

प्रहरी चौकी प्रसौनीभट्टाबाट खटिएकाे प्रहरी टाेलीले बहुदरमाई नगरपालिकाकाे वडा नं.९ बिश्रामपुर लाेटल राउत कुर्मी र साेही ठाउँ निवासी देवलाल साह कलवारलाई पक्राउ गरेकाे हाे ।

प्रसौनीभट्टा गाँउ नजिक सडकखण्डमा मिति बिहिबार अन्दाजी ०९:२० बजेको समयमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रम्मा संकास्पदरूपमा साईकल चलाई गईरहेको दुबै जनालाई कानूनी रीतपुर्‍याई खानतलासी गर्दा लागु औषध बरामद भएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

दुबै जनाले लुकाई छिपाई आफ्नो शरिरमा पहेलो रङको टेपले बेरी बाँधेको कालो रङको पोलोथिनको ४ वटा पोकामा १/१ किलो दरले ४ किलो लागू औषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार बिक्रम थापाले वताए ।

त्यसपछि दुबै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय पोखरीया पर्सामा ल्याइ निजहरू विरुद्द लागु औषध सम्बन्धि कसूर मुद्दामा शुक्रबार पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति प्रदान गरी थप अनुसन्धान कार्य भैरहेको प्रवक्ता थापाले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:3.699 sec. Memory consumption:81.47 mb