31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

पत्रकार खानको उपचारका लागि मेयर सिंहद्वारा सहयोग

वीरगंज । फोक्सोको रोगबाट ग्रसित पत्रकार नेहाल खानको उपचारका लागि वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले व्यक्तिगत रुपमा ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।

पत्रकार खानको अहिले नारायणी अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेकाे छ । पत्रकार खानकाे उपचारकाे लागि आर्थिक सहयाेगकाे आवश्यकता रहेकाे जानकारी पाउनासाथ मेयर सिंहले बुधबार बिहान आफ्नो व्यक्तिगत तर्फबाट ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराएका हुन् ।

मेयर सिंहका स्वकीय सचिव अफरोज आलम, प्रेस सल्लाहकार महेस दास, समाजसेवी एवं युवा नेता सुरेशमान सिंह लगायतले अस्पतालमा नै पुगेर खानलाई मेयर सिंहले उपलब्ध गराएकाे चेक हस्तान्तरण गरेकाे उनकाे सचिवालयले जनाएकाे छ ।

मेयर सिंहले पत्रकार खानको उपचारका लागि आफूले व्यक्तिगत रुपमा अहिले सहयोग गरेको थप सहयोगका लागि सँधै तत्पर रहेको पनि बताए ।

वीरगंजेली पत्रकार र पत्रकारिताको सुरक्षा तथा संरक्षणका लागि कहिल्यै पनि आफू पछि नहट्ने भन्दै उनले पत्रकार खानको उपचारका लागि आवश्यक पर्ने अन्य सबै सहयोग गरिने बताए ।

पत्रकार खानको पत्नी पनि अहिले क्यान्सर रोगका कारण उपचाररत नै रहेकी छन् । पति/पत्नी नै रोगबाट ग्रसित हुँदा उपचारका लागि आवश्यक रकम जुटाउन नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जाले सामाजिक सञ्जाल मार्फत आवश्यक सहयोग गर्न भन्दै सन्देस जारी गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:5.742 sec. Memory consumption:81.48 mb