आनन्द पटेल/
परवानीपुर । पर्साको वीरगंज महानगरालिका वडा नं. २५ ड्राईपोर्ट चौकमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा दुई महिलासहित ८८ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजले जनाएकाे छ ।
न्यू राव इन्टरप्राइजेजको आयोजनामा भएकाे काकार्यक्रममा सुनील पटेल, सन्दिप पटेल, धीरज सिंह, सुरज सिंह, रोशन सिंह, सर्मिला केसी, सुशीला कुमारी, राम सिंह, अनिल पटेल, सुनेश पटेल लगायतले रक्तदान गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथी सशस्त्र प्रहरी १३ नम्बर गण, पर्साका सशस्त्र प्रहरी नायब उपरीक्षक योगेशचन्द्र बरालले रगतको पोका दिएर कार्यक्रमको उद्घा६न गरेका थिए । कार्यक्रममा वाेल्दै उनले सब भन्दा ठूलाे दान रक्तदान भएकाे वताउँदै न्यू राव इन्टरपराइजेले रक्तदान जस्ताे कार्यक्रम आयाेजना गरेकाेमा धन्यवाद समेत दिए ।
कार्यक्रममा रोशन सिंहले पहिलो चोटी रक्तदान गरिसकेपछि भने ” सुरु सुरुमा अलि डर लागिरहेको थियो तर अहिले निक्कै राम्रो महसुस भएको हुनाले अब प्रत्येक तीन महिनामा रक्तदान गर्ने छुं ।”
आयोजक संस्थाका अध्यक्ष राम सिंहले आफू १९ औ पटक रक्तदान गरिसकेको र अगाडी पनि रक्तदान गरिरहने वताए । साथै संस्थाको यो दोस्रो पटक कार्यक्रम भएको र रक्तदान कार्यक्रमलाई निरन्तर रूपमा अगाडि बढाउँदै जाने आफ्नो सोच रहेको उनले बताए ।
नेपाल रेडक्रस रक्त संचार केन्द्रकाे प्राविधिक सहयाेगमा रक्तदान कार्यक्रम भएकाे थियाे ।