36.5 C
Birgunj
10 April 2025
KALIKATIMES.COM

रोट्याक्टद्वारा छात्राहरुलाई महीनवारी सम्बन्धी अभिमुखीकरण

वीरगंज । रोट्याक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसको आयोजनामा शुक्रवार महीनवारी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

वीरगंजस्थित श्री सुन्दरमल रामकुमार कन्या उच्च माद्यामिक विद्यालयमा भएकाे कार्यक्रममा विद्यालयमा अध्ययनरत छात्राहरुलाई महीनवारी सम्बन्धि प्रशिक्षण दिइएको क्लबका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक दिपु बर्णवालले जानकारी दिए । कक्षा ८ र ९ का विद्यार्थीलाई लक्षित गरेर अभिमुखीकरणको आयोजना गरिएको उनले वताए ।

कार्यक्रममा नेशनल मेडिकल कलेजमा डा. सोनम दास, एमबिबिएस अन्तिम वर्षमा अध्यनरत संध्या आवले, दिकयी संगमे, प्रीति सुबेदि लगायतले प्रशिक्षण दिएका थिए । प्रशिक्षणकाे क्रममा प्रशिक्षकहरुले महिनावारी सामान्य प्राकृतिक प्रक्रिया भएको हुँदा लाज मान्ने र लुकाउने प्रवृति अन्त्य गरी खुलेर कुरा गर्नुपर्ने बताए ।

कार्यक्रममा रोट्याक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसका अध्यक्ष रेशु अग्रवाल, उपाध्यक्ष दिपु वर्णवाल, राधिका दारुका, आभा मंडल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:215. Generation time:4.694 sec. Memory consumption:82.47 mb