36.5 C
Birgunj
10 April 2025
KALIKATIMES.COM

राेट्याक्टकाे आयाेजनामा ट्राफिक सुरक्षा सम्बन्धी अभिमुखीकरण

वीरगंज । रोट्याक्ट क्लब ऑफ वीरगंज मेट्रोपोलिसको आयोजनामा बिहिबार ट्राफिक सुरक्षा नियम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे छ ।  

वीरगंजस्थित माउन्ट मकालूमा इंगलिश बाेर्डिङ्ग स्कुलमा भएकाे कार्यक्रममा ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिइएकाे क्लबका उपाध्यक्ष एवम् कार्यक्रम संयाेजक दिपु बर्णवालले वताए । 

कक्षा ७, ८ र ९ का विद्यार्थीलाई लक्षित गरेर आयोजित अभिमुखीकरण कार्यक्रममा ट्राफिक सुरक्षा नियम, ट्राफिक नियम पालनाको महत्त्व र युवाहरूमा सुरक्षा नियमहरूको पालना र कार्यान्वयनमा विद्यार्थीहरूको भूमिकालगायतका विषयका बारेमा जानकारी गराइएकाे थियाे ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख भास्कर खतिवडा विद्यार्थीहरूलाई ट्राफिक नियमको पालना गर्न आग्रह गरेका थिए । उनले ट्राफिक नियम पालना नगर्दा दुर्घटना हुन सक्ने भएकाेले ट्राफिक नियमकाे पालना गर्नु पर्नेमा जाेड दिए ।

विद्यार्थीमा ट्राफिक नियम सम्बन्धी जनचेतना जगाउन कार्यक्रम आयोजना गरेकोमा स्कूलले आयोजकलाई धन्यवाद दिएको थियाे ।

कार्यक्रममा रोट्याक्ट क्लब ऑफ वीरगंज मेट्रोपोलिसका अध्यक्ष रेशु अग्रवाल, उपाध्यक्ष दिपु वर्णवाल, राधिका दारुका र स्कूलका संयोजक विजय कुमार बल लगायतको उपस्थिति रहेकाे थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:215. Generation time:4.369 sec. Memory consumption:82.47 mb