वीरगंज । जनता समाजवादी पार्टी नेपाल पर्साको कार्यकारीणी समितिको नियमित बैठक शुक्रबार वीरगंजमा सम्पन्न भएकाे छ । पार्टीका जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षता बसेको बैठकले कुल ४ वटा प्रस्तावहरु माथि छलफल गर्दै सर्बसहमतीले निर्णय गरेको छ ।
पहिलो खेद प्रस्तावमाथी छलफल गर्दै विभिन्न समयमा जिल्ला समितिको मनोबल माथी प्रहार गर्ने अभिव्यक्ति प्रति कार्यकारीणी समितिले गहिरो खेद प्रकट गरेको छ । दोस्रो प्रस्ताव संगठन सुदृढीकरण सम्बन्धमा श्रावण महिनामा बैठक बस्न नसकेको पालिकाहरु बैठक भदौ मसान्तसम्म गर्ने निर्णय भएको जिल्ला सचीव तबरेज अहमदले जानकारी दिए ।
त्यस्तै भदौ महिनामा गर्ने जिल्ला स्तरीय प्रशिक्षण केन्द्रसंग समन्वय गरि गर्ने बैठकले निर्णय गरेको छ । सो को समन्वय गर्ने जिम्मेवारी जिल्ला अध्यक्ष यादवलाई दिएको जिल्ला सचिव अहमदले वताए । साथै जिल्लाको कार्यकारीणी समितिको टोलि केन्द्रिय अध्यक्ष उपेन्द्र यादवसंग भेटघाट गर्ने काठमाडौ जाने निर्णय गरेको छ ।
हाेल विजय ज्याेतिमा बसेकाे बैठकमा जिल्ला उपाध्यक्ष अजय चौरासीया, नगेन्द्र यादव, मिथिलेस सिंह, उप सचीव सुनिल कुश्वाहा, कोषाध्यक्ष शर्मिला बिष्ट महतो र कार्यकारीणी समिति सदस्यहरु प्रदिप जयसवाल, सेख खुर्सेद, इन्द्रासन सा कलवार, सुरज मानन्धर, श्यामबाबु चौरासीया, सुनिता शर्मा, रमेश साह तेलि, ब्यान्ती देबि लगायतको उपस्तिथी रहेको जानकारी सचिव अहमदले दिए ।