वीरगंज । पर्साको बहुदरमाई नगरपालिकामा साेमबार नवनिर्मित विद्यालय भवनको उद्घाटन गरिएको छ ।
नगरपालिकाको वडा नम्बर ४ डकैला बहुअरीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको नवनिर्मित भवनको जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जन साह सोनारले उद्घाटन गरेका हुन् ।
जिल्ला समन्वय समिति पर्सा र बहुदरमाई नगरपालिकाको संयुक्त एक करोड रुपैयाँको लागतमा निर्मित दुई तले विद्यालय भवनमा ८ वटा कक्षाकोठा छन् ।
माध्यमिक तहसम्म पठनपाठन हुने विद्यालयमा भवन निर्माण भएसँगै विद्यार्थीहरूलाई सहजता हुने जिल्ला समन्वय समिति पर्साका सभापति सोनारले विश्वास व्यक्त गरे ।
बहुदरमाई नगरपालिका मेयर सिंहासन साह तेलीको अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिती पर्साको उप- प्रमुख पुरन प्रसाद कुर्मी, बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महमद शेरे मुस्तफा लगायतकाे उपस्थिती रहेकाे थियाे ।