वीरगंज । जनमत पार्टीकी सांसद अनिता कुमारी साह संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बन्ने भएकी छन् । जनमतबाट मन्त्री बन्न लागेकी साहको सोमबार शपथ ग्रहण हुने भएको हो ।
साहको शपथ ग्रहण सोमबार बिहान १० बजे तय भएको राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए ।
जनमत पार्टीका प्रमुख सचेतक समेत रहेकी साहलाई पहिला नै मन्त्री बनाउन जनमत पार्टीले प्रधानमन्त्रि पुष्प कमल दाहाल (प्रचण्ड) लाई सिफारिस गरेकाे थियाे ।
जनमत पार्टीलाई सरकारमा सहभागि गराउन नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस