Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

दिब्य विकास स्रोत केन्द्रकाे अध्यक्षमा पुन: उमेश चौहान सर्वसम्मत

spot_img
spot_img

वीरगंज । दिब्य विकास स्राेत केन्द्र बिरन्चीवर्वाकाे अध्यक्ष पुन: उमेश चौहान सर्वसम्मत चयन भएका छन । संस्थाकाे २८ औ साधारण सभाकाे बन्द सत्रले चौहानकाे योग्यदानको कदर गर्दै पुन: अध्यक्ष चयन गरेको हो ।

नवनिर्वाचित अध्यक्ष चाैहानले नै सम्मपुर्ण पदाधिकारी चयन र मनोनित गर्ने माईनडेड २८ औ साधारण सभाले दिएको केन्द्रका गणेश ठकुरीले जानकारी दिए । पुन: अध्यक्ष निर्वाचित भएपछि प्रतिक्रिय दिदै चौहानले आआफना घरमा बुवाआमाले आफनो सन्तानलाई परिपक्व र बलियो कसरी बनाउने दिशामा संस्थाको जोड हुने बताए ।

उनले कमजोर सन्तान भए पछि मात्रै घर, समाज र देशको अवस्था कमजोर भएर बिदेश तथा खाडी जानु पर्ने बाध्यता रहेको बताए । 

 

त्यस अघि साधारण सभाकाे उद्घाटन पोखरिया नगरपालिकाका प्रमुख प्रधुमन चौहानले गरेका थिए । उदघाटन सत्रलाई सम्बोद्धन गर्दै प्रमुख चौहानले देश, समाज विकासका लागी समाजिक संघसंस्थाहरुको आवश्यक्ता रहेको बताए ।

उनले दिब्य विकास स्राेत केन्द्र जस्तै नै अरु संस्थाले पनि फडको मार्न आग्रह गरे । उनले समाजमा काम गर्दा भाईचाराको ब्यवहारमा उत्रेर गर्दा पालिकाका जनता सहित अन्य क्षेत्रको विकास सम्भव रहेको जिकिर गरे । 

उद्घाटन समारोहमा जिल्ला समन्वय समिती पर्साका उपप्रमुख पुरन पटेल, पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष दिनेश चौधरी, गैरसरकारी संस्था महासंघ पर्साका अध्यक्ष छठु साह, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खडका, कालिकामाई गाउँपालिका वडानम्बर ५ का वडाअध्यक्ष जयनारायण पटेल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा संस्थाका प्रतिनिधी रामाकान्त पटेलले २०८०।२०८१ को प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भन्ने आर्थिक प्रतिवेदन काेषाध्यक्ष कन्हैया साहले प्रस्तुत गरेका थिए । कार्यक्रमकाे सहजीकरण कार्यक्रम अधिकृत गणेश ठकुरीले गरेका थिए ।

संस्थालाई सहयोग गर्ने बिभिन्न ब्यक्तिहरुलाई कदरपत्र सहित दोसाला ओढाई सम्मान समेत गरिएकाे थियो । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...

कटहरियामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास

रौतहट । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ। कटहरिया नगरपालिका–५...

नेपाललाई मेडिकल हब बनाउन निजी मेडिकल कलेज संघको सातबुँदे प्रस्ताव

काठमाडौं । नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षा तथा मेडिकल टुरिजमको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सरकारसँग तत्काल...