Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

जगरनाथपुर तेस्राे अध्यक्ष कपकाे उपाधि वडा नं. २ ले जित्याे

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका तस्राे अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट २०८१ काे उपाधि जगरनापुर गाउँपालिकाकाे वडा नं. २ जानकीटाेलाले जितेकाे छ । शनिबार भएकाे फाइनल खेलमा जगरनाथपुर गाउँपालिका कै वडा नं. ६ औंराहालाई २३ रनले हराउँदै वडा नं. २ जानकीटाेला विजयी भएकाे हाे ।

सुरुमा ब्याटिङ्ग गरेकाे वडा नं. २ ले पुरै ओभर खेल्दै ९ विकेटकाे नाेक्सानीमा १३५ रन बनाउन सफल भएकाे थियाे । त्यसपछि जवाफी ब्याटिङ्गमा उत्रेकाे वडा नं. ६ ले १९ ओभर मै पुरै विकेटकाे नाेक्सानीमा ११२ रन मै समेटिएपछि वडा नं. २ विजयी घाेषित भएकाे थियाे ।

टुर्नामेन्टका विजेता टिम वडा नं. २ लाई पूर्व उद्याेग वाणिज्य तथा आपुर्ति मन्त्री एवं प्रतिनिधि सभा सदस्य रमेश रिजाले पुरस्कार राशि रु ४० हजारकाे चेक र मेडल प्रदान गरेका थिए । उप विजेता टिम वडा नं. ६ लाई गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले पुरस्कार राशि रु २० हजारकाे चेक र मेडल प्रदान गरे ।

फाइनल खेलकाे म्यान अफ द मैच वडा नं. २ का अरबाज आलम, बेष्ट ब्याट्स म्यान वडा नं. ६ का राहुल चाैबे, बेष्ट ब्लर वडा नं. ६ का सहदेव पटेल, बेष्ट फिल्डर वडा नं. २ का खुस्रेद आलम, बेष्ट किपर वडा नं. ६ का दिलरन्जन यादव र म्यान अफ द सेरिज वडा नं. ६ का राहुल चाैबे भएका थिए ।

टुर्नामेन्टकाे पुरस्कार वितरण कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन राय, वडा नं. २ का वडाध्यक्ष नेपाली कुशवाहा, वडा नं. ६ का वडाध्यक्ष रामअयाेध्या पटेल, विओपी भिखमपुरका डिएसपी रिवाज दहाल, याेजना शाखा प्रमुख पिन्कु राम, कृषि शाखा प्रमुख दया चाैहान, मन्जय राम लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

वीरगंज । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका...

भोटेकोशी बाढीपछि नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन नेकपा पर्साको आग्रह

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन...

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...