31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

लागु औषध सेवन गरेर कर्मचारीमाथि कुटपिट, कारवाहीकाे माग

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका कर्मचारी माथि कुटपिट भएकाे छ । कर्मचारी दुर्व्यवहार तथा कुटपिट गर्ने उपर कारवाहीकाे माग गर्दै कर्मचारीहरु मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र बुझाएका छन ।

गाउँपालिकाको वडा नं–४ का जैनुल्लाह मियाँ, भुलावन मियाँ, ताहिर हुसेन मियाँ मन्सुरीले लागु औषधको सेवान गरि मात्तिएर आइतबार कर्मचारीमाथि हातपात गरेका थिए ।

आइतबार गाउँपाल‍िका कार्यालयमा आफ्नाे काममा ब्यस्त कर्मचारीहरुलाई नशाामा धुत भएर गुणदागर्दीशैलीमा पुगेका तीनै जनाकाे समुहले कुटपीट गरेको प्रत्यक्षदर्शीले बताएका छन । उनीहरुले गुण्डागर्दी शैलीमा कार्यालय मै पुगी योजना शाखा प्रमुख पिंकु राम, उद्यम बिकास शाखाका रमेश शाही, सव इन्जिनियर प्रमोद राम, पशु शाखा प्रमुख असहद आलम गद्दीलाई दुर्व्यवहार गर्नुकाे साथै गालीगलाैज गर्दै कुटपीट समेत गरेका हुन ।

कर्मचारीहरुले दोषीलाई कारवाही गर्न माग गर्दै पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पाैडेललाई ज्ञापन पत्र बुझाएका हुन् । कर्मचारीहरुले २ दिन भित्र कारवाही नगरिए गाउँपालिकाको अत्यावश्यक सेवा बाहेक सबै कामकाज ठप्प पार्ने चेतावनी समेत दिएका छन ।  

डर, त्रासकाे बतावरणमा कर्मचारीलाई काम गर्ने मनोवल हुँदैन, उनीहरुले सुरक्षीत वतावरणमा काम गर्न पाउने वतावरणको प्रत्याभूती गर्न माग समेत गरेका छन् ।  

कार्यालयले साउन २१ गते राष्ट्रिय परिचयपत्र सम्बन्धी काम नहुने सूचना प्रकाशीत गरेको थियो । तर राष्ट्रिय परिचय पत्रको काम नगरिदिएको निहुमा कर्मचारीमाथि कुटपीट गरिएको भन्दै गाउँपालिकाका कर्मचारीहरुले घटनाको निन्दा गर्दै दाेषी उपर कारवाहीकाे माग गरेका हुन् । २१ गते परिचयपत्रको काम नहुने सूचना पूर्व प्रकाशित थियो ।

कामै भएको भएपनि वडा नं. ४ को पालो त्यो दिन थिएन एक कर्मचारीले भने “हामी माथिको आक्रमण गुण्डागर्दीको चरम नमुना हो ”। कर्मचारी माथिको आक्रमण एउटा कुरा हो तर आक्रमणकारी कानूनी दण्डको दायरामा नआउनुले त्रासको वतावरण बन्दै गएको कर्मचारीको भनाई छ ।

 कर्मचारीहरुले घटना हुने बित्तिकै पाण्डेपुर प्रहरी चौकीलाई घटनाको बारेमा जानकारी गराएका थिए । त्यसपछि ठाडो उजुरी समेत दिएका कर्मचारीहरु प्रहरीले दाेषी पक्राउ नगरेपछि निराश भएका छन् ।

सीमा क्षेत्रमा बसेर अनधिकृत कारोवारको आर्थिक नजराना बुझेर बस्ने प्रहरीको प्रथामिकतामा कर्मचारीहरुको गुनासो नपर्नु नौलो कुरा त भएन तर राष्ट्रसेवक कर्मचारीहरुको लागि समेत काम नलाग्ने प्रहरी जनताको लागि काम लाग्छ त भन्ने प्रश्न पनि संगै उठेको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.460 sec. Memory consumption:81.48 mb