30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

खेलकुद पत्रकार महासंघ पर्साको नाम संशोधन, महासंघकाे ठाउँमा मंच रहने

वीरगंज । नेपाल खेलकुद पत्रकार महासंघ पर्सा शाखाको प्रथम बैठक आइतबार सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाकक्षमा खेलकुद पत्रकार महासंघको प्रथम बैठक सम्पन्न भएको हो ।

नेपाल खेलकुद पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष तिवारी यादवको अध्यक्ष्तामा बसेको बैठकले विभिन्न तीन महत्वपुर्ण निर्णय गरेको महासंघका सचिव श्याम कुशवाहाले जानकारी दिए । उनका अनुसार नेपाल खेलकुद पत्रकार महासंघ पर्साको नाम संशोधन गरी नेपाल खेलकुद पत्रकार मन्च पर्सा राख्ने निर्णय गरेको हो ।

यस्तै अगामी एक महिना भित्र एउटा खेलकुद प्रतियोगीता गर्ने र अगामी २ महिना भित्र प्रथम जिल्ला अधिवेशन गरीने निर्णय भएको उनले बताए ।

बैठकमा नेपाल खेलकुद पत्रकार महासंघ पर्सा शाखाकी उपाध्यक्ष सुष्मा शर्मा, सचिव श्याम कुशवाहा, कोषाध्यक्ष सन्तोष पटेल, सदस्य अर्जुन गुप्ता सहितका सदस्यहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.171 sec. Memory consumption:81.48 mb