31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

जगरनाथपुरमा मन्त्री रिजालकाे प्रमुख आतिथ्यतामा वृक्षाराेपण

समृद्धिकाे लागि वन परियाेजना अन्तर्गत ६ हजार बिरुवा राेपियाे

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा न .४ सुहपुर सोहरीमा शनिबार वृक्षाराेपण कार्यक्रम सम्पन्न भएकाे छ । संघिय सरकारका उद्याेग, बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बिरुवा राेपेर कार्यक्रमकाे उद्घाटन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्त्री रिजालले मानव जिवनमा बाेट विरुवाकाे महत्व धेरै भएकाे वताए । उनले बनजंगल संरक्षण गर्नुकाे साथै गाउँ घरमा रुपेर संरक्षण गर्नु पर्ने वताए ।  

जगारनाथपुर गाउँपालिकाको वन तथा वातावरण शाखाको सहयोग र सुहपुर सोहारी हरियाली वन व्यवस्थापन समुह जगरनाथपुर ४ पर्साकाे आयाेजनामा समृद्धिका लागि वन परियाेजना अन्तर्गत वृक्षाराेपण कार्यक्रम सम्पन्न भएकाे हाे ।

सोहरीको वन लगाउने ठाउँमा सागवान, शिरीष, सपेता, बकायन, कदम, निम, बेल, पिपल, बर्गज, भिलोर, जंगली बिरुवा, जडिबुटी, आँप, जामुन, आवला लागायत विभिन्न प्रजातिका ६ हजार बिरुवा रोपिएकाे गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले जानकारी दिए ।

समुहका अध्यक्ष ब्रिजेश प्रसाद यादवकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रदेश सभा सदस्य शंकर चौधरी, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव,नेपाली कांग्रेसका नेता बशिष्टनारायण प्रसाद कुर्मी, वडा अध्यक्ष प्रभुनाथ प्रसाद नुनिया, बिहारी महताे, लक्ष्मी साह, सुभाष कुमार यादव लगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:218. Generation time:3.901 sec. Memory consumption:81.48 mb