बारा । राजनीतिककर्मी कुटिएकाे भन्दै बाराकाे कलैयामा एक हप्तादेखि जारि आन्दाेलन स्थगित भएकाे छ । बुधबार भएकाे द्वपक्षिय छलफलमा सहमति भएपछि आन्दाेलन स्थगित भएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय, बाराको परिसर भित्र प्रहरीद्वारा नेपाली काँग्रेस बाराका सचिव भैयाराम यादव र ने.क.पा. एस बाराका उप-सचिव ध्रुव प्रसाद यादवसँग सवारी दुर्घटनाकाे बिषयलाई लिएर छलफलको क्रममा दुर्ब्यवहार गर्ने प्रहरी नायब उपरिक्षक पुरुषोत्तम प्रसाद पाण्डे र प्रहरी निरिक्षक रुपेश साहसंग माफी माग्न लगाउने सहमति भएकाे छ ।
सहमती अनुसार प्रहरी नायब उपरिक्षक पाण्डे र प्रहरी निरिक्षक साहले कांग्रेसका सचिव भैयाराम र ने.क.पा. एसका उपसचिव ध्रुबसँग माफी माग्ने छन् ।
यसैगरी घटनामा संलग्न भएका प्रहरी नायब उपरिक्षक पाण्डे र प्रहरी निरिक्षक साहलाई दुई वर्ष सम्म गणमा राख्ने गरी सरुवा व्यवस्थापन एक हप्ता भित्र गरि सक्ने भएकाे निर्णय प्रहरी कार्यालयमा लेखी पठाउने पनि सहमति भएकाे छ ।
त्यसैगरी उक्त घटनामा घाइते भएका सचिव भैयाराम र उपसचिव ध्रुवकाे उपचारमा भएको खर्च सरकारले व्यहोर्ने गरी गृह मन्त्रालयसंग माग गर्न लेखी पठाउने निर्णय भएकाे जनाइएकाे छ ।
बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकाेटाकाे कार्यकक्षमा भएकाे चार बुन्दै सहमतिकाे अन्तिम बुन्दामा बिहिबारदेखि आन्दोलनका सम्पूर्ण कार्यक्रम बन्द गर्ने निर्णय भएकाे समेत उल्लेख गरिएकाे छ ।
आन्दाेलनरत पक्षले साेही घटनाकाे बिराेधमा बुधबार कलैया बन्द समेत गरेका थिए । प्रहरी नायब उपरिक्षक पाण्डे र प्रहरी निरिक्षक साहलाई निलम्बन गर्नु पर्ने माग राख्दै आन्दाेलरत पक्ष एक हप्तादेखि चरणबद्ध आन्दाेलनमा थियाे ।
दुइपक्षिय बैठककाे निर्णय