छठु साह /
वीरगंज । पर्साको पोखरीया नगरपालिकामा अब केही दिनमै खानेपानीको समस्या सामाधान हुने नगर प्रमुख प्रधुमन चौहानले बताएका छन् । नगर कार्यपालिकाको बिशेष बैठक तथा नगर सभाबाट खानेपानी संस्थान काठमाण्डौलाई खानेपानी योजनाको जिम्मा लगाउने निर्णय गरेपछि तत्काल केही दिनमै समस्या सामाधान हुने मेयर चौहानको दाबी गरेका हुन् ।
मेयर चौहानका अनुसार नेपाल खानेपानी संस्थानको सम्मपुर्ण टोली यहि साउन २५ गते भित्र पोखरीया नगरपालिकमा अध्ययन तथा स्थलगत अनुगमन गर्ने आउने कार्यक्रम रहेको छ । अनुगमन र अध्ययन पश्चात तिब्र रुपमा काम अगाडी बढने उनले बताए ।
बिगत २ दशक अगाडी देखी निमार्ण भई शुचारु नभएका खानेपानी टयांकी प्रयोग बिहिन अवस्थामा रहेको छ । जनप्रतिनिधी बिहिन अवस्था र बिगत २०७४ सालको निर्वाचित जनप्रतिनिधीहरुले टयांकीलाई संचालनमा ल्याउन नसक्दा अहिले खानेपानीकाे समस्या देखिएकाे हाे ।
यसैगरी केन्द्रिय योजना तथा बजेटबाट निमार्ण भएका पर्साका दर्जनौ खानेपानी टयांकी अलपत्र अवस्थामा रहेको स्थानियहरु बताएका छन । पोखरीया, बिन्दवासिनी, पकहाँ मैनपुर, कालिकामाई, छिपहरमाई, बहुदरमाई, पटेवर्वा सुगौली, जीराभवानी, ठोरी लगायतका ठाउमा खानेपानी टयांकी हुँदाहुँदै पनि उपभोग विहिन रहेकाे छ ।
कराैडाैंकाे लगानीमा निर्माण भएका पानी टयांकीहरु संचालनमा नआउदा त्यसकाे लगानी बालुवामा पानी हाले जस्तै भएको छ । चापाकल खानेपानीकाे मुख्य स्राेत रहेकाे यस क्षेत्रमा उपयाेगमा नआएका पानीटयाकीहरु अब चापाकलहरु सुकन थालेपछि आवश्यकता महसुन हुन थालेकाे हाे ।