26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

बहुअरीमा एसईई उत्तीर्ण ७० जना विद्यार्थी सम्मानित

आनन्द पटेल /

परवानीपुर । बाराको परवानीपुर गाउँपालिका वडा नं ५ बहुअरी टोलमा शनिबार यस वर्ष एसईई परीक्षा उत्तीर्ण गरेका ७० जना विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच सम्मान गरिएको छ ।

स्वच्छ समाज युवा क्लबले एक कार्यक्रमका बिच एसईई उतिर्ण सन्ध्या साह, हिमांशु कुमार यादव, अञ्जली कुमारी पटेल, करिश्मा कुमारी पटेल, सोनु कुमार श्रीवास्तव, पुष्पा कुमारी राम, मन्दिप यादव लगायतकालाई सम्मान गरेकाे हाे ।

कार्यक्रमका प्रमुख अतिथी समाज सेवी डाक्टर शिवशंकर यादवले सम्मानीत विद्यार्थीहरुलाई अगामी भविष्यको शुभकामना दिदै अल्बर्ट आइंस्टाईन जस्तै सफल ब्यक्तित्व बन्न शुभकामना दिए । उनले शिक्षाका साथै समाजमा पनि सेवा गर्न विद्यार्थीहरुलाई आग्रह गरे ।

कार्यक्रमका अथिती समाज सेवी तथा खेलकुद प्रेमी शिवशंकर पटेलले पास भएका विद्यार्थीहरुलाई बधाई दिदै यस टोलका विद्यार्थीहरु भबिष्यमा ठूला नेता, प्रोफेसर, इन्जिनियर, डाक्टर आदि बन्न शुभकामना दिए ।

यसका साथै उनले विद्यार्थीहरूलाई अनुशासित र आफ्नो अभिभावक प्रति सम्मान गर्न पनि आग्रह गरेका थिए ।

कार्यक्रममा वडाध्यक्ष रामेश्वर साह कालवारले पास गर्ने सबै विद्यार्थीहरुलाई बधाई र अझ राम्रो पढाइगरी सफल व्यक्ति बन्न शुभकामना दिए । उनले क्लवले आयोजना गरेको कार्यक्रमको प्रशंसा गर्दै क्लबलाई आउने दिनमा साथ र सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

कार्यक्रममा परवानीपुर गाउँपालिकाका अध्यक्ष पदका प्रत्यासी युवा नेता सञ्जु साहले एसईई उतिर्ण विद्यार्थीहरूको आगामी भविष्यको सफलताको कामना गर्दै बहुअरी टोल बारा जिल्लामै वर्षौं देखी शिक्षामा अगाडी रहेको बताए ।

उनले शिक्षाको साथ-साथै समाजलाई पनि सही दिशामा अगाडि बढाउन यहाका राजनीतिक दल, युवा, स्थानीय सरकार, बुद्धिजीवी लगायतको साथ र सहयोग आवश्यक रहेको बताए ।

सम्मान कार्यक्रममा बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष रामचन्द्र सिंहले पास भएका विद्यार्थीहरुलाई बधाई दिदै भविश्यमा अझ कडा मिहिनेत गरेर ठूलो व्यक्ति बन्न आशीर्वाद दिए । उनले अहिलेका विद्यार्थीहरुमा मोबाइलको बढी प्रयोगले शिक्षाको स्तर कम हुँदै गएको प्रति चिन्ता व्यक्त गरे ।

यसैगरी कार्यक्रममा प्रोफेसर किशोरी राम, वडा सदस्य दारा सिंह पटेल, शिक्षाबिद डाक्टर प्रमोद यादव, अर्जुन पटेल, जितेन्द्र कुमार वर्मा, डाक्टर अजय यादव, इलाका प्रहरी कार्यालय सिरिसियाका इन्चार्ज तेज प्रताप सिंह, रामजी सिंह, सुरेन्द्र पटेल, नेकपा माओवादी केन्द्रका नेता लालबहादुर पटेल लगायतले कार्यक्रमको सफलता सहित विद्यार्थीहरूको उज्जवल भविष्यको कामना गरेका थिए ।

सो अवसरमा क्लबका उपाध्यक्ष उमेश साह, कोषाध्यक्ष मुर्तुजा आलम, सदस्यहरु सरोज यादव, प्रमोद यादव, अखिल पटेल, सन्दिप यादव, रोहित यादव, रञ्जित साह लगायतको विशेष सहयोग रहेको थियो ।

कार्यक्रमको अन्त्यमा क्लबका अध्यक्ष भूपेन्द्र पटेलले कार्यक्रमलाई सफलता पार्न उपस्थित सम्पूर्ण अतिथी, विद्यार्थी, क्लबका सदस्य सबैलाई धन्यवाद, दिदै प्लस २ पढन चाहने गरीब, असाहाय, मिहिनेती विद्यार्थीहरुलाई वडाध्यक्षको सिफारिसमा निःशुल्क रूपमा पढाउने घोषण गरे ।

कार्यक्रममा स्वागत मन्तव्य क्लबका सदस्य आनन्द पटेलले गरेका थिए भने कार्यक्रमको सञ्चालन क्लबका सचिव त्रिलोक प्रताप सिंहले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.730 sec. Memory consumption:81.48 mb