30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

पानीकाे समस्या समाधान गर्न पर्साका सात दलको माग

वीरगंज । वीरगंजमा उत्पन्न खानेपानी समस्या समाधानका लागि जिल्लाका क्रियाशील राजनीतिक दलहरुले चासो देखाएका छन् । पर्साका राजनीतिक दलहरुले खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक बसेर सम्बन्धित सरोकारवाला निकायको ध्यानकर्षण गराएका हुन् ।

नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायतका राजनीतिक दलहरुले शनिबार सर्वदलीय बैठक बसेर खानेपानी समस्या समाधानका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको समेत ध्यानाकर्षण गर्ने निर्णय गरेको नेकपा एस पर्साका अध्यक्ष बालगाेपाल थापाले जानकारी दिए ।

बैठकमा खानेपानी समस्याको विषयमा सबै तहका सरकारको ध्यानाकर्षण गराई यथाशक्य छिटो समाधान गर्न माग गरिएकाे उनले बताए ।

बैठकमा नेपाली कांग्रेसका पर्सा सभापति जनार्दन सिंह क्षेत्री, जनता समाजवादी पार्टीका अध्यक्ष रामनरेश यादव, जिल्ला सचिव तबरेज अहमद, नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य छोटेलाल यादव, नेकपा एसका पर्सा अध्यक्ष बालगोपाल थापा, जनमत पार्टीका उमाशंकर गुप्ता, राप्रपाका शम्भु गिरी, नागरिक उन्मुक्तिका राजकुमार ओझैया लगायतको उपस्थिति रहेको थियो ।  

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:3.599 sec. Memory consumption:81.48 mb